Madhes Khabar
धर्म/संस्कृति

अशोकवाटीकाको शीवपार्वती मठमा वडाध्यक्ष कानुले दिए साउण्ड सिस्टम

वीरगन्ज,२१असारःवीरगन्ज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले अशोकवाटिकास्थित शीवपार्वती मठलाई भजनकिर्तनका लाागि उपकरणहरु सहयोग गरेको छ ।

शीवपार्वती मठमा हुने पूजापाठ र भजनर्कितनका लागि वडा कार्यालयले १ लाख रुपैयाँ मुल्यको साउण्ड सिस्टमसहितका उपकरणहरु सहयोग गरेको हो । शुक्रबार वडा कार्यालयमै वडा अध्यक्ष सुशील कुमार कानुले मठ व्यवथापन समितिका अध्यक्ष प्रमानन्द साह कानु र पूजारी महन्थ राजकुमार गिगरीलाई २५० वाटको एम्प्लिफायर १ थान, साउण्ड बक्स २ थान, माइक ४ थान र स्टेण्ड ४ थान हस्तान्तरण गरेका हुन् । त्यसअवसरमा वडा कार्यालयका सचिव पवन प्रधान, वडासदस्यहरु लगायतकोपनि उपस्थिती थियो ।

वडामा रहेका मठमन्दिरमा हुने पूजापाठ र भजनकिर्तनका लागि साउण्ड सिस्टम आवश्यक भएको भन्दै स्थानीयले माग गरेपछि वडा कार्र्यालयले ती उपकरणहरु खरिद गरेर उपलब्ध गराएको वडाध्यक्ष कानुले बताए ।

 

Related posts

माओवादीले हत्या गरेका हिन्दु सहिद काशी तिवारीकाे शालिक वीरगन्जमा निर्माण

MadhesKhabar

वीरगन्जमा हिन्दु संगठनलाई बदनाम गर्न अराजक तत्व लागेकाे हिन्दुवादी अगुवाहरुकाे आरोप

MadhesKhabar

वीरगन्जमा अन्तर विद्यालय लाेकनृत्य प्रतियाेगिता आयाेजना हुदैं

MadhesKhabar

Leave a Comment