Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा पनि आज मुस्लिम धर्मावलम्बीले मनाए “मोहम्मद डे”

वीरगन्ज,११असाेज: मुस्लिम धर्मावलम्बीहरूले आज बिहीबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती`माेहम्मद डे´ मनाइ रहेका छन् ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत् रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबकै मदिनामा भएको थियो ।

पैगम्बर मोहम्मदको जन्मदिनमा मुस्लिम धर्मावलम्बीले विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गर्दछन् ।

वीरगन्जका मुस्लिम अगुवा मुस्सरफ खानले मोहम्मद डेका दिन विश्वभर हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म दिन मनाउने गरिएको बताए ।

मुस्लिम अगुवा वसिम आलमले हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामले संसारमा शान्ति स्थापना गर्न र एक आपसमा भाइचारा अभिवृद्धि र एक अर्काका लागि राम्रो कामको कामना गर्नुपर्ने सन्देश दिएका कारण मुस्लिम समुदायका लागि आजको दिन महत्त्वपूर्ण रहेको बताए ।

वीरगन्जमापनि आज मुस्लिम धर्मावलम्बीले `माेहम्मद डे ´ मनाएका छन् । बिहान वीरगन्जकाे छपकैया, इनर्वा, गहवा, लाठगल्ली, मुर्ली, बहुअरी लगायतका टाेलबाट निकालिएको जुलुश नगर परिक्रमा गरेर घणटघर चाेकमा पुगेर समापन भएकाे थियाे ।

माेहम्मद डे मा आज मधेस सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

Related posts

वीरगन्जको पशुपति मन्दिरलाइ धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने मन्त्री शर्माको प्रतिबद्धता

MadhesKhabar

रामभौरी भाथामा साउने मेला शुरु

MadhesKhabar

विजया दशमीका दिन वीरगन्जमा हजाराैकाे सहभागितामा ‘रावण दहन’

MadhesKhabar

Leave a Comment