Madhes Khabar
धर्म/संस्कृति

रामभौरी भाथामा साउने मेला शुरु

फाइल फोटो

 

प्रमोद यादव

पर्सा,०२साउन:पर्साको पटेर्वा सुगौली गाउँ पालिका अन्तर्गत र पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने धार्मिक एंव पर्यटकीय स्थल रामभौरी भाथा स्थित दुग्धेशवर महादेव मन्दिरमा साउने मेला  सोमबार देखि   सुरु भएको छ ।

नेपाल र भरतको विभिन्न स्थानका नदी खोला र ज्लाशयबाट जल भरेर बोलबम कवरियाहरु दुधेश्वर माहदेव मन्दिरमा विहानै देखि पुगेका छन्  । धार्मिक जन विश्वास अनुसार आ आफ्ना भाकल पूरा भएकाहरुले मेल हेर्न र दर्शन गर्न भक्तजन र दर्शनार्थीहरुको पनि विहानै देखि भिड लागेको छ।

निकुञ्जको बिच जङ्गलमा रहेको रामभौरी भाथाको मेलामा   पसल थापे बापत  राष्ट्रिय निकुञ्जले २ हजार ५ सय रुपैयाँको दरले राजस्व लिएको छ ।   साउन महिनाभरी  लाग्ने मेलामा हरेक सोमबार  करिब ३/४ हजार दर्शनार्थी आउने  प्रारम्भिक अनुमान गरिएको छ

Related posts

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

छठ माई प्रति वीरगन्जका मेयर सिंहकाे अगाध आस्था: दउरा बाेकेर छठघाटमा पुगे, सुर्य भगवानलाई दिए अर्घ

MadhesKhabar

वीरगन्जबासीले आफ्ना सन्तानलाई हिन्दु धर्म बारे शिक्षा दिएर जागरुक बनाउन जरुरी छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment