
प्रमोद यादव
पर्सा,०२साउन:पर्साको पटेर्वा सुगौली गाउँ पालिका अन्तर्गत र पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने धार्मिक एंव पर्यटकीय स्थल रामभौरी भाथा स्थित दुग्धेशवर महादेव मन्दिरमा साउने मेला सोमबार देखि सुरु भएको छ ।
नेपाल र भरतको विभिन्न स्थानका नदी खोला र ज्लाशयबाट जल भरेर बोलबम कवरियाहरु दुधेश्वर माहदेव मन्दिरमा विहानै देखि पुगेका छन् । धार्मिक जन विश्वास अनुसार आ आफ्ना भाकल पूरा भएकाहरुले मेल हेर्न र दर्शन गर्न भक्तजन र दर्शनार्थीहरुको पनि विहानै देखि भिड लागेको छ।
निकुञ्जको बिच जङ्गलमा रहेको रामभौरी भाथाको मेलामा पसल थापे बापत राष्ट्रिय निकुञ्जले २ हजार ५ सय रुपैयाँको दरले राजस्व लिएको छ । साउन महिनाभरी लाग्ने मेलामा हरेक सोमबार करिब ३/४ हजार दर्शनार्थी आउने प्रारम्भिक अनुमान गरिएको छ

