वीरगन्ज,२४चैत:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले घरघरमा आफ्ना सन्तानलाई सनातन हिन्दु धर्मकाे बारेमा शिक्षा दिएर जागरुक बनाउन वीरगन्जबासीसंग आह्वान गरेका छन्।
रामनवमीका अवसरमा वीरगन्जकाे गहवामाई मन्दिरमा आइतबार साँझ आयाृजित महाआरतीमा सहभागी हुने क्रममा मेयर सिंहले उक्त आह्वान गरेका हुन्।उनले सनातन हिन्दु धर्मलाई अझ मजबुत बनाउन एक ढिक्का भएर लाग्नु वीरगन्जबासीसंग आग्रहपनि गरे।
मेयर सिंहले वीरगन्जलाई धार्मिक पर्यटनकाे केन्द्र बनाउने अभियानमा आँफु लागेकाे बताए ।वीरगन्जमा रहेका हिन्दु धार्मिक मठमन्दिरहरुकाे संरक्षण गर्दै तिनीहरुकाे साैन्दर्यकरणका लागि महानगरपालिकाले अभियान नै चलाएकाे बताए ।उनले भने,नेपालका हिन्दुहरु दर्शन गर्न भारतकाे वैष्णाेदेवी,बनारस,अयाेध्या जाने प्रचलन छ ।तर अब हामीले वीरगन्जमा रहेका मठमन्दिरहरुका बारेमा भारतमा प्रचार प्रसार गरेर भारतीयहरसलाई अब यहाँ दर्शन गर्न आउने वातावरण बनाउनु पर्छ।त्यसमा महानगर लागिरहेकाे छ।´
महाआरतीमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णका साथै हिन्दु धर्मका अगुवा,विभिन्न राजनीतिक दलका नेता लगायतपनि सहभागी भएका थिए।

