Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

उदाँउदाे सुर्यलाई अर्घ दिएसंगै सकियाे छठ 

वीरगन्ज,४मंसिरः साेमबार बिहान उदाँउदाे सुर्य भगवान र छठी मातालाई अर्घ दिएसंगै यसपालिकाे छठ पर्व विधिवत समापन भएकाे छ।
कार्तिक शुक्लपक्षकाे सप्तमी तिथी अर्थात साेमबार बिहान छठघाटकाे जलाशयमा ब्रतालुहरुले उदाँउदाे सुर्य भगवान र छठी मातालाई अर्घ दिएसंगै छठ पर्व विधिवत रुपमा समापन भएकाे हाे।
श्रद्धा, भक्ति र लोकआस्थाको चाड छठ पर्ब शुक्रबार देखि विधिवत शुरु भएको थियाे ।सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने  महान् चाड छठ पर्ब कात्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइन्छ।
छठ पर्बको पहिलो दिनलाइ नहाए खाएके दिन पनि भन्ने गरिन्छ ।छठ पर्बको पहिलो दिन शुक्रबार छठका व्रतालुहरुले खोला, नदी, पोखरी , तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी भोजन ग्रहण गरेका थिए ।
छठको दोश्रो दिन ‘खरना’ गरि ब्रतालुहरुले ३६ घण्टे निर्जल ब्रत शुरु गरेका थिए।
छठको तेश्रो दिन अर्थात षष्ठी तिथीमा आइतबार  छठको मुख्य दिन ब्रतालुहरुले नदि , पोखरी , तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्य भगवान र छठीमातालाई अर्घ दिएका थिए।
साेमबार सप्तमी तिथीका दिन बिहान सुर्य उदाउनु भन्दा पहिले नै ब्रतालुहरु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद , फलफुल लिएर छठघाटको जलशायमा पसेर उदाउँदै गरेका सुर्य र छठीमातालाइ अर्घ दिएका थिए ।
सुर्यलाइ अर्घ दिए पछि छठघाटमै ब्रतालु महिलाहरुले एक अर्काको नाकको टुप्पा देखि सिउँदो सम्ममा सिन्दुर लगाइ दिन्छन् । त्यसपछि उनिहरु आ आफनो घर फर्किन्छन् । उदाउदा सुर्यलाइ अर्घ दिएपछि छठ पर्ब विधिवत रुपमा समापन हुन्छ । यसदिनलाइ ‘परना’ वा ‘पारन’ भन्ने चलनपनि छ ।

Related posts

वीरगन्जका सरकारी विद्यालयको गुणस्तर सुधार्न अनुगमनमा कडाई गर्दै महानगर

MadhesKhabar

महावीर पुनको आँटले पुर्नजीवित वीरगन्ज कृषि औजार कारखानाले १६ थरिका औजार उत्पादन गर्दै

MadhesKhabar

पर्सागढीमा २०८ औँ वर्ष विजय महोत्सवको आयोजना

MadhesKhabar

Leave a Comment