Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

छठका ब्रतालुहरुले खरना विधि गरेर सुरु गरे निर्जला व्रत

वीरगन्ज,२१ कार्तिक:छठ पर्वको दोस्रो दिन बुधबार साँझदेखि ब्रतालुहरुले खरना विधी पुरा गरेर निर्जला ब्रत सुरु गरेका छन् । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने उपासना र लोक आस्थाको पर्ब छठ विधिवत रुपमा मंगलबाट शुरु भएको हो।

छठपर्वको पहिलो दिन मंगलबार नहायखाय विधि सम्पन्न गरिएको थियो। कात्तिक महिनाको शुक्ल पक्षको चतुर्थी तिथीका दिन बिहान व्रतालुहरुले नहायखाय विधि अर्थात नुहाएर खाएका थिए। त्यो दिन ब्रतालुहरुले नुहाइ धुवाइ गरि चोखो भइ प्याज र लसुन समेत नमिसाइएको शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए।

कात्तिक शुक्लपक्षको पञ्चमी तिथी अर्थात पर्वको दोस्रो दिन बुधबार साँझ खरना विधि गरिएकोंछ। खरनाका दिन बुधबार साँझ व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर (रसियाव), रोटी ,केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठी मातातालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गरेका छन्। यसरी खरना विधि सम्पन्न हुन्छ।

त्यस्तै षष्ठी तिथी अर्थात पर्वको तेस्रोदिन साँझ अस्ताउँदो सूर्य र सप्तमी तिथीमा बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा समापन हुन्छ। अत्यन्तै निष्ठा र कठोर पर्वको रुपमा मानिने छठमा ब्रतालुहरु खरनाको दिनदेखि नै निर्जला र निराहार व्रत बस्छन्।

Related posts

एक वर्षमा वीरगन्जमा मात्रै ७ सय ७८ महिलाले गराए गर्भपतन

MadhesKhabar

वीरगन्जमा भइरहेका विकास निर्माणका काममा सांसद यादवको चासाे

MadhesKhabar

नारायणी अस्पतालको ओसीएमसीबाट ३९५ जनाले सेवा लिए

MadhesKhabar

Leave a Comment