Madhes Khabar
खेलकुद

वीरगन्जमा जारी प्रधानमन्त्री कप : कर्णालीमाथि आर्मीकाे फराकिलाे जित

वीरगन्ज,२३च‌ैत : अर्जुन साउदको शतक प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार कर्णाली प्रदेशलाई पराजित गरेको छ । वीरगन्जस्थित नारायणी क्रिके मैदानमा २६९ रनको लक्ष्य पछ्याएको कर्णालीलाई १३० रनमा समेट्दै आर्मीले जित हासिल गरेको हो ।

प्रतियोगितामा अपराजित रहने क्रममा आर्मीले कर्णालीलाई १३८ रनले हराएको हो । कर्णालीका विपिन शाहीले सर्वाधिक ४० रन बनाए भने अर्जुन घर्तीले ३२, दीपेन्द्र रावतले २५ र सुनिल धमलाले १० रन जोडे । कर्णालीका अन्य ब्याट्र चल्न सकेनन् ।

कर्णालीलाई सस्तैमा रोक्ने क्रममा बसिर अहमद र साहब आलमले तीन/तीन विकेट चट्काए । आकाश चन्दले दुई विकेट लिँदा दुर्गेश थापा र नरेन साउदले एक/एक विकेट लिए ।

 

यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २६८ रन जोडेको थियो । आर्मीका लागि अर्जुन साउदले शतकीय पाली खेलेका थिए । तेस्रो विकेटको पतनपछि मैदानमा आएका अर्जुनले १२० बलमा १० चौका र तीन छक्का प्रहार गर्दै १२१ रन बनाए । उनको शतकीय पालीको मद्यतबाट आर्मीले सम्मानजनक योगफल तयार पारेको हो ।

आर्मीका लागि बसिर अहमदले ४५, सन्तोष कार्कीले २९, नरेन साउदले २०, साहब आलमले १७ रन बनाए । अन्य ब्याटर चल्न सकेनन् । ३८ रनको स्थितीमा चार विकेट गुमाएर दवावमा परेको आर्मीलाई अर्जुन साउद र बसिर अहमदले सम्हालेका थिए ।

कर्णालीका दिनेश अधिकारीले चार विकेट लिए । यसैगरी प्रकाश जैसीले तीन विकेट लिँदा राजु साह, विपिन शर्मा र दीपेन्द्र रावतले समान एक/एक विकेट लिए ।

प्रतियोगितामा पाँचौं जित निकालेको आर्मी ११ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ । कर्णाली भने तीन अंकका साथ नवौं स्थानमा छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछ । वैशाख ४ गतेसम्म आयोजना हुने प्रतियोगिताको उत्कृष्ट चार टोली जय ट्रफीका लागि छनौट हुनेछन् ।साभार:अन्नपूर्णपाेष्ट

Related posts

वीरगन्ज गाेल्डकप फुटबल फागुनमा

MadhesKhabar

नेपालकाे खराब सुरुवात, आसिफ र कुशल सस्तैमा आउट

MadhesKhabar

पराग्वेमाथि ब्राजिलकाे सानदार जित

MadhesKhabar

Leave a Comment