Madhes Khabar
राजनीति

वीरगन्जको अलौंमा पुगे कांग्रेस उम्मेदवार चौरसिया : देशैभर कांग्रेसको लहर छ

वीरगन्ज,१३फागुनः पर्साको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा बुधबार नेपाली कांग्रेसको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

कांग्रेस नेताकार्यकर्ता र समर्थकसंगै बुधबार बिहान अलौंमा पुगेर कांग्रेस उम्मेदवार चौरसियाले घरदैलो गर्दै त्यहाँका मतदातासंग संवाद पनि गरेका छन् । त्यसक्रममा चौरसियाले जनताका गुनासा र समस्या सुनेपछि उनिहरुको चाहना अनुसार आँफुले फेरिपनि काम गर्ने वाचापनि गरे । पूर्व मन्त्रीसमेत रहेका चौरसियाले लोकतन्त्रको रक्षासंगै देश विकासका लागि काम गर्ने दल कांग्रेसमात्रै रहेकोले नयाँ र पुरानाको चक्करमा नपरेर कांग्रेसलाई मतदान गरेर जिताउन मतदाताहरुसंग आग्रह पनि गरे ।

आँफुलाई अहिले नयाँ भनाउँदाहरुको देश निर्माण र विकासमा कुनै योगदान नभएको भन्दै उनले उनिहरु विचार र सिद्धान्तविहिन भएको टिप्पणी गरे । अहिले युवा नेतृत्वले हाँकेको कांग्रेस नै नयाँ पार्टी भएको भन्दै चौरसियाले भने,‘ कांग्रेस अहिले नेतृत्वले मात्र नभई विचारले पनि नयाँ बनेको छ । रुपान्तरित कांग्रेसप्रति देशभर जनताको लहरपनि बढेको छ ।

अहिलेको राजनीतिक संकटबाट निकास दिदैं कांग्रेसको नेतृत्वमा मात्रै समावेशी विकास, जनअधिकारको रक्षा र स्थायित्व सम्भव हुने उनले बताए ।

Related posts

कलैयामा सम्पर्क कार्यालयको उद्घाटन गर्दै बारा– ३ का रास्वपा उम्मेदवार साहले भने :शहिदको सम्मान दलभन्दा माथि हुनुपर्छ

MadhesKhabar

बालेन शाहले प्रधानमन्त्रीको शपथ चैत १३ गते लिने तय

MadhesKhabar

त्रिवि केन्द्रीय क्याम्पसकाे स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित

MadhesKhabar

Leave a Comment