Madhes Khabar
समाचार

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं,१२फागुनः सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू डा. मनोकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएका हुन्।

प्रहरीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो। प्रहरीले यसअघि पनि प्रसाईंलाई पटक पटक पक्राउ गर्दै आएको छ।

’जरूरी प्रकाउ पुर्जी समर्थनका लागि मुद्दा हेर्ने अधिकारी समक्ष मिति २०८२।११।०५ मा स्वीकृतिका लागि पेस गरेको पत्रमा समेत जरूरी प्रकाउ पुर्जी जारी गर्नु परेको कारण उल्लेख भएको देखिँदैन। मुद्दा हेर्ने अधिकारीले अनुमति दिँदा समेत कारणसहितको पर्चा खडा गरेको देखिँदैन। साथै, अनुसन्धान विषय बनाईएको निवेदक दुर्गा प्रसाद प्रसाईले हस्ताक्षर गरी मिति २०८२ । ११ ।०३ मा जारी गरेको प्रेस विज्ञप्तिबाट निवेदकलाई थुनामा नै राखी अनुसन्धान गर्नुपर्ने कसुर भई हाल्ने आसन्न खतरा (क्ष्mmष्लभलत म्बलनभच) को अवस्था समेतको विद्यमानता नदेखिएको अवस्थामा निवेदकलाई प्रकाउ गरी म्याद थप गर्ने सम्बन्धमा भएका कार्यहरूलाई उचित कानूनी प्रकृयाको अनुसरण गरेको भनी मान्न मिल्ने देखिएन। निवेदकलाई थुनामा राखेको कार्य कानूनबमोजिम मान्न मिल्ने नदेखिई निवेदकको संविधानप्रदत् वैयक्तिक स्वतन्त्रताको हकमा गम्भीर आघात पुगेको देखिन आएकोले रिट निवेदक दुर्गा प्रसाद प्रसाईलाई अविलम्ब थुनामुक्त गर्नू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३७ बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी ग दिएको छ,’ आदेशमा भनिएको छ।

Related posts

आदर्शनगरमा सर्राफको घरमा चोरी गर्न ताल्चा फुटाउँदै गरेका खान पक्राउ

MadhesKhabar

वीरगन्जमा आइपिएलकाे सट्टाबाजी खेलाउने गिराेह पक्राउ

MadhesKhabar

नेपाल प्रहरीका आईजीपी कुँवर भन्छन्- जीबी राई पक्राउ परेका छैनन्, इन्टरपोलमार्फत् खोज्दैछौं

MadhesKhabar

Leave a Comment