Madhes Khabar
समाचार हेडलाइन

चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस


वीरगंज १० फागुन: निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

आज आइतबार सरकारलाई पत्राचार गर्दै चुनावमा तीन दिन बिदा दिन सिफारिस गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार आयोगले २०, २१ र २२ गते बिदा दिन सरकरालाई सिफारिस गरेको छ।

त्यसबारे निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुनेछ। आयोगले सिफारिस गरे अनुसारको निर्णय भए निर्वाचनको समयमा एक साता नै बिदा हुनेछ। यसपालि फागुन १८ गते पहाडमा र १९ गते तराईमा होली परेको छ। २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइँदै छ।

यसरी समग्रमा निर्वाचनताका एक साता नै बिदा हुने भएको छ।

Related posts

पर्साका खोलाहरुमा ठेक्का लगाउन पालिकाहरुले चासो नदिदाँ अवैध उत्खनन् जारी

MadhesKhabar

सिमरा बस दुर्घटनाका घाइते गहवाका थप एक युवककाे उपचारका क्रममा मृत्यु 

MadhesKhabar

रौतहटमा मतपेटिका लुटियो,तोडफोड र आगजनी,अवस्था तनावग्रस्त

MadhesKhabar

Leave a Comment