
मधेसखबर
वीरगन्ज, ३० बैशाख: रौतहटको यमुनामाई नगरपालिका वडा नमबर १ र २ मा चुनाव स्थगित भएको छ। केही व्यक्तिहरुले मतपेटिका नै लिएर खेतैखेत भागेको र अवस्था तनावग्रस्त भएपछि मतदान स्थगित भएको हो ।
मतदान केन्द्रमा हुलदुङ्गा भइ मतपेटिका तोडभोड भएको, खाली मतपत्रहरु च्यातिएको र केही मतपेटिका नै लगेपछि मतदान स्थगन भएको हो। यस्तै रौतहटकै बौद्धिमाई नगरपालिका वडा नमबर २ इनर्वाको मतदान स्थलमा पनि तोडफोड र स्थिति तनावग्रस्त बनेको छ ।
रौतहटकै माधव नारायण नगरपालिका –२ खेसरहिया टोलमा मतदान अधिकृतले गठबन्धनको पक्षमा मत छापेको भन्दै अन्य दलका उम्मेदवारका व्यक्तिहरूले मतपेटिका फुटाइदिएका छन् ।्
रौतहटकै यमुनामाई गाउँपालिका वडा नम्बर १ को चिकना जेठरहिया ’क’ मतदान केन्द्रमा शुक्रबार दिउँसो साढे बजेको समयमा वादविवाद भई झड्प हुँदा मतपेटिकामा पानी खन्याएको, मतपेटिका तोडफोड भएको छ। मतदान स्थल सुरक्षामा खटिएका सुरक्षाकर्मी भने मुकदर्शक बनेका छन्।
त्यसैगरी सोही गाउँपालिकाको वडा नम्बर २ भेडियाहीमा पनि २ वटा मतपेटिका दिउँसो साढे चार बजेको स्थानीयहरु लुटेर भागेका छन्। मतपेटिका लुटिँदा पनि सुरक्षाकर्मी मुकदर्शक नै बनेका छन्।
यसैगरी बौधीमाई नपाको कंकालीमाई मावी सरमुजवा मतदान केन्द्र र इनर्वा मतदान केन्द्रमा मतपेटिका तोडफोड गरी आगो लगाइएको छ।
माधवनारायणको खेसरहिया अहिले पूर्णरुपमा तनावग्रस्त बनेको छ। यमुनामाई गाउँपालिकामा निर्वाचन अधिकृत हरिप्रसाद शर्माले वडा नम्बर १ मा मतपेटिकामा क्षति पु¥याएको र वडा नम्वर २ मा मतपेटिका लिएर भाग्दा गर्दा सुरक्षाकर्मीले खोसेर ल्याएको बताएका छन्।
सभार: अन्नपूर्णपोष्टबाट

