Madhes Khabar
समाज हेडलाइन

पहिलो ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’ लेखक सुभाष कुमार बैठालाई प्रदान गरिने

वीरगंज २,फागुन: लेखक दिनेश गुप्ताद्वारा स्थापित ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’ को पहिलो वर्षको सम्मान भोजपुरी साहित्यका उदीयमान लेखक सुभाष कुमार बैठालाई प्रदान गरिने भएको छ।

सुभाष कुमार बैठाका भोजपुरी भाषामा लेखिएका दुई कृतिहरू ‘गांव’ (उपन्यास) र ‘लडाई जिनगी के’ (कविता संग्रह)ले साहित्य क्षेत्रमा विशेष चर्चा कमाएका छन्। निर्णायक मण्डलले उनको ग्रामीण परिवेश प्रतिको गहिरो बुझाइ र भोजपुरी भाषामा रहेको पकडलाई उच्च मूल्यांकन गर्दै यो पुरस्कारका लागि योग्य ठहर गरेको हो।

पुरस्कारको घोषणा गर्दै दिनेश गुप्ताले भने, “सुभाष कुमार बैठाले आफ्नो मातृभाषा भोजपुरीमा लेखेर भोजपुरी साहित्यलाई समृद्ध बनाए । ‘गांव’ उपन्यास र ‘लडाई जिनगी के’ जस्ता कृतिहरूले हाम्रो समाजको वास्तविक चित्र प्रस्तुत गर्छन्। यस्ता स्रष्टालाई सम्मान गर्न पाउनु मेरो लागि सौभाग्यको कुरा हो।”

पुरस्कारको राशी र सम्मान समारोहको मिति छिट्टै
सार्वजनिक गरिने जानकारी गराइएको छ ।

Related posts

लामखुट्टेकाे प्रकाेप बढेपछि वीरगन्जका ३२ वटै वडामा विषादी छर्ने महानगरकाे तयारी

MadhesKhabar

रौतहटमा कार्यरत असई रागनी यादव देशभरमै ”सर्वोत्कृष्ट प्रहरी” घोषित

MadhesKhabar

भारतीय बन्दरगाहबाट रेल्वे -याक वीरगन्ज ड्राइपोर्टमा समयमा नआउँदा उद्योगी–व्यपारीहरु मर्कामा

MadhesKhabar

Leave a Comment