Madhes Khabar
समाज

रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको सयुँक्त आयोजनामा रगतदान कार्यक्रम

मधेसखबर
पुष ९ गते ,वीरगञ्ज – रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस परिवारको सयुँक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वीरगञ्जको माईस्थानमा भएको कार्यक्रममा ५ महिलासहित ५० जनाले रगतदान गरेका छन् ।
क्लबका अध्यक्ष सुरेश गोर्खालीको अध्यक्षतामा भएको कार्यक्रममा अमित सर्राफ, सौरभ वर्णवाल, प्रिती गुप्ता, रामविनय यादव, पियुश दारुका, मुस्कान अग्रवाल लगायतले रगतदान गरेका हुन् ।
चिसो मौसम शुरु भएसँगै रगतको अभाव हुने हुँदा रक्तदान कार्यक्रमको आयोजना गरिएको रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका सचिव चन्दन सिंहले बताए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, युवा नेता ओमप्रकाश सर्राफ, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, डा. आनन्द झा, अभिषेक चौधरी लगायतको उपस्थिती रहेको क्लबका उपाध्यक्ष दीपू वर्णवालले जानकारी दिए ।

Related posts

सामाजिक अभियन्ताको पहलमा दलित बालिकालाई ह्वील चेयर सहयोग

MadhesKhabar

ठोरीकोे बृद्धा आश्रममा उपकार सेवा नेपालद्वारा खाद्यान्न सामाग्री सहयोग

MadhesKhabar

रामनवमीको अवसरमा एसएसबीले रक्सौलमा आयोजना गरेको कार्यक्रममा २२ जनाले गरे रगतदान

MadhesKhabar

Leave a Comment