Madhes Khabar
राजनीति हेडलाइन

प्रदीप यादवद्वारा नगवामा एमालेको चुनावी सम्पर्क कार्यालय    उद्घाटन, समृद्ध वीरगञ्ज निर्माणको प्रतिबद्धता

वीरगञ्ज, ४ फागुन:नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिका–१६ नगवामा चुनाव प्रचार–प्रसार तथा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादव ले रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै यादवले यस कार्यालय उद्घाटनलाई वडा तहबाट सुरु गरिएको जनसम्पर्क अभियानको महत्वपूर्ण सुरुवातका रूपमा उल्लेख गरे । उनले वीरगञ्जलाई समृद्ध, सफा, सुन्दर र बस्न योग्य सहर बनाउने एमालेको दृढ संकल्प रहेको बताए ।

“शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउने, युवालाई रोजगारी र उद्यमशीलताको अवसर दिने, सडक, बिजुली, खानेपानीजस्ता आधारभूत पूर्वाधार विकासलाई प्राथमिकता दिनेछौँ,” यादवले भने ।

उनले वीरगञ्जलाई औद्योगिक केन्द्रसँगै पर्यटकीय हबको रूपमा विकास गर्ने पार्टीको मुख्य एजेन्डा रहेको पनि स्पष्ट पारे ।

पूर्व सांसद तथा मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव स्मरण गर्दै यादवले जनताको सेवामा उल्लेखनीय काम गरेको दाबी गरे । “अब वीरगञ्जको विकासलाई नयाँ उचाइमा पुर्‍याउने र जनजीवन सहज बनाउने मेरो लक्ष्य हो,” उनले थपे ।

यादवले वडा नम्बर–१६ का मतदाता, शुभेच्छुक तथा समर्थकहरूलाई कार्यालयमा नियमित आउन, सुझाव दिन र अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरे ।

कार्यालय उद्घाटनसँगै एमालेले वीरगञ्जका विभिन्न वडामा संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्रता दिने जनाएको छ । कार्यालयलाई उम्मेदवार र कार्यकर्ताको नियमित सम्पर्क केन्द्रका रूपमा सञ्चालन गरिने बताइएको छ ।

उद्घाटन कार्यक्रममा पूर्व सांसद प्रभु हजरा, निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, सुन्दर कुर्मी, रामबाबु पासवान, अरुण यादव, भुसाल चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, आज बिहान वीरगञ्ज–१८ सौराहामा तय गरिएको प्रदीप यादवको घरदैलो कार्यक्रम स्थानीय बलिस्टर यादवको निधनका कारण स्थगित गरिएको क्षेत्रीय कमिटीले जानकारी दिएको छ । पार्टी नेताहरू स्वर्गीय यादवको अन्त्येष्टि कार्यक्रममा सहभागी हुने एमालेले जनाएको छ ।

Related posts

वीरगन्जमा ‘जेनजी पर्सा’ गठन,संयाेजकमा कुर्मी चयन

MadhesKhabar

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

MadhesKhabar

झबराहामा पुगेका रास्वपा उम्मेदवार कानुको समर्थनमा नाच्दै महिलाहरुले बजाए घण्टी

MadhesKhabar

Leave a Comment