बारा,२९माघःजिल्ला प्रशासन कार्यालय बाराले बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिन सुरू गरेको छ । बिहीबार पहिलो दिन २ जनालाई अंगीकृत नागरिकता दिइएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए । उनकाअनुसार कलैया उपमहानगरपालिका–५ की कान्तीदेवी कुर्मीको छोरा सुरत राउत र वडा नम्बर ४ की चन्दकुमारी क्षेत्रीका छोरा सागर सिंहलाई आमाको नामबाट अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र दिइएको हो । उनीहरू दुवैलाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नागरिकता दिएका हुन् ।
’नागरिकता पाएपछि उनीहरूले खुसीको आँसु झारे,सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ’हातमा नागिरकता लिएपछिको उनीहरू भावुक थिए ।
नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०६३ तथा नेपाल नागरिकता नियमावली (चौथो संशोधन), २०६३ अनुसार उनीहरूलाई नागरिकता प्रदान गरिएको हो । ’बाबुको पहिचान खुल्ने खालको कागजपत्रहरू कहींकतै नखुलेको खण्डमा आमाको नामबाट अंगीकृत नागरिकता दिन सुरू गरिएको हो,झ उनले भने, ’१२ जना अझै ’पाइपलाइनझमा छन् । उनीहरूको सबै कागजात बुझ्ने काम भइरहेको छ ।
रूजु भइसकेपछि प्रमुख जिल्ला अधिकारीले मात्र सदर गरेपछि त्यस्तालाई नेपाली अंगीकृत नागरिकता प्रमाणपत्र दिइनेछ । झयस्तो खालको नागरिकता दिन सुरू गरिएपछि यसै प्रकियालाई ’लुज प्वाइन्टझ खोजेर विवरणमा अन्य भारतीयलाई आमा बनाएर प्रयोग गर्न सकिने चुनौतीसमेत भएको सहायक प्रमुख जिल्ला भट्टराइले बताए । ’यस्तोमा हामी सतर्क छौं, स्थानीय तहको वडा वा पालिकाबाट सिफारिस आउन सक्नेमा हामी सचेत छौंझ उनले भने, ’यस्ता किसिमका नागरिकता दिन छुट्टै तीन जना कर्मचारी खटाएका छौं ।
बुवा गैरनेपाली नागरिक भएको र उनको काका वा बुवापट्टिका कोही कसैको पहिचान खुल्ने कागजात नभेटिएमा र अन्तिममा २०३३ सालको बालिग रिजिष्टरमासमेत अभिलेख नदेखिएको खण्डमा आमाको नामबाट नागरिकता दिइने उनले बताए । यस्तो नागरिकताको सदर गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई मात्र भएको उनले बताए ।लक्ष्मी साह\कान्तिपुर

