Madhes Khabar
खेलकुद

इंग्ल्यान्डलाई हराउँदै भारत छैटौँ पटक बन्यो यु–१९ विश्व च्याम्पियन

काठमाडौं,२३माघः आईसीसी मेन्स अन्डर–१९ विश्वकप क्रिकेट २०२६ को उपाधि भारतले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा इंग्ल्यान्डलाई हराउँदै भारतले छैंटौं पटक विश्वकपको उपाधि जितेको हो ।

जिम्बाबेको हरारेस्थित हरारे स्पोट्र्स क्लबमा शुक्रबार भएको फाइनल खेलमा भारतले इंग्ल्यान्डलाई १०० रनले पराजित गर्दै उपाधि जित्यो।
वैभव सूर्यवंशीको १७५ रनको विस्फोटक इनिङ्सको मद्दतले भारतले इंग्ल्यान्डलाई ४१२ रनको विशाल लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डको टोली ४०.२ ओभरमा ३११ रनमै अलआउट भयो । यससँगै भारतले कीर्तिमानी छैटौँ पटक अन्डर–१९ विश्वकपको उपाधि हात पारेको हो ।

 

Related posts

वीरगन्ज–१० को वडास्तरीय क्रिकेट टुर्नामेन्टको फाइनलमा जनकपुर र बागमती

MadhesKhabar

टी–२० विश्वकप : युगान्डामाथि अफगानिस्तानको फराकिलो जित

MadhesKhabar

अष्ट्रेलियामा जारी टी–२० सिरिजमा नेपालको पहिलो जित

MadhesKhabar

Leave a Comment