काठमाडौ,२२जेष्ठःअमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा मंगलबार बिहान भएको खेलमा अफगानिस्तानले जित हात पारेको छ । अफगानीस्तानले आफ्नो पहिलो खेलमा युगान्डलाई १२५ रनको फराकिलो अन्तरले हराएको हो ।
अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा मात्रै ५८ रन बनाएर अलआउट भएपछि अफगानिस्तानले खेल जितेको हो।
युगान्डाका लागि रोबिन्सन ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् ।
युगान्डालाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका फजलहक फारुकी एक्लैले ५ विकेट लिए । यस्तै, नवीन उलहक र कप्तान राशिद खानले दुई÷दुई तथा मुजिब उर रहमानले एक विकेट लिए ।
यसअघि प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो ।युगान्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले २÷२ र अलेपेश रमजानीले एक विकेट लिए ।

