Madhes Khabar
खेलकुद

अष्ट्रेलियामा जारी टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं,३ भदौं : अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ। मंगलबार भएको आफ्नो चौथो खेलमा नेपालले होर्बट हुरिकेन्सलाई ६६ रनले पराजित गरेको हो।अष्ट्रेलियाको पामस्र्टनस्थित काजालिस मैदानमा भएको खेलमा नेपालले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको हर्बट हुरिकेन्सले १६.१ ओभरमा अलआउट हुँदै ११३ रन मात्र बनाएपछि खेल नेपालले जितेको हो।

हुरिकेन्सका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए ।तिमोथि वार्डले ७ बलमा १३ रन बनाए।बलिङ्तर्फ नेपालका लागि नन्दन यादवले सर्वाधिक ५ विकेट लिए। रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, रिजन ढकालले १–१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाएका थिए। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले क्रमशःः २७ र २९ रन बनाए। भीम सार्कीले १८ रन बनाए।

जारी प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रन, दोस्रो खेलमा बंगलादेश ए सँग ३२ र तेस्रो खेलमा मेलर्वन स्टार्ससँग ३१ रनले पराजित भएको थियो । नेपालले सिरिजको पाँचौं खेल मेलर्वन रेन्गाड्ससँग खेल्नेछ। सिरिजको अन्तिम खेल नेपालले पाकिस्तानको साहिनसँग खेल्नेछ।

Related posts

ठोरीमा तिजकप फुटबल सुरु, बसन्तपुर युनाइटेड क्लबको विजयी सुरुवात

MadhesKhabar

आईपीएल मैदानमै जब १४ वर्षीय सूर्यवंशीले छोए धोनीको पाउ…

MadhesKhabar

नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा

MadhesKhabar

Leave a Comment