Madhes Khabar
राशीफल

पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

वीरगन्ज,१६माघःअशोक राई नेतृत्वको जसपाका वीरगन्ज महानगर अध्यक्ष इश्वरचन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा शुक्रबार आयोजित नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा जसपाका महानगर अध्यक्ष यादवसंगै वडा नम्बर १५ का १२० जना नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

उनिहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य तथा वीरगन्जका पूर्वमेयर विजयकुमार सरावगी, पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा लगायतले पार्टीमा स्वागत गरे ।

मधेसका बाँकी मुद्धाको सम्बोधन अब एमालेले नै सम्बोधन गर्ने भएकाले आँफुहरु जसपा त्यागेर एमालेमा प्रवेश गरेको उनले बताए । उनले भने,‘ अहिले केहि शक्ति विदेशीको इशारामा नेपालको राष्ट्रियता र लोकतन्त्र समाप्त गर्ने षडयन्त्रमा लागेका छन् ।

उनिहरुको प्रतिवदा गर्ने राजनीतिक शक्ति यो मुलुकमा अब एमाले मात्रै छ । त्यसका कारण हामी एमालेमा प्रवेश गरेका हौं ।’
कार्यक्रमको प्रमुख अतिथी एमालेका केन्द्रिय सदस्य प्रभु हजराले जसपाका हानगर अध्यक्ष यादवसहितको एमाले प्रवेशले पर्सा–१ मा एमाले पार्टी थप मजबुत भएको बताए । यसले अब पर्सा–१ मा एमाले उम्मेदवार प्रदीप यादवको जित थप सुनिश्चित बनेको उनले बताए ।

कार्यक्रममा एमाले जिल्ला सचिव महेश दास, नेता पुरुषोत्तम लाल झा, गगनदेव पटेल,उमेशलाल सहनीलगायतकाको पनि सहभागिता थियो।

Related posts

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment