Madhes Khabar
राजनीति

नेपालले ५ वर्षमा स्विट्जरल्याण्डलाई पनि टप्छ : मुख्यमन्त्री यादव

धनुषा,१६पुसःमधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सबैले चाहे नेपालले ५ वर्षमा स्विट्जरल्याण्डलाई पनि टप्ने बताएका छन्। बुधबार धनुषाको लालगढमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले सबैको इच्छा, चाहना र अपेक्षा भए नेपाल ५ वर्षमा स्विट्जरल्याण्डलाई टप्नेमा कुनै द्विविधा नरहेको बताएका हुन्।

‘म एक्लै चाहेर विकास हुँदैन। सबैको इच्छा–चाहना हुनुपर्छ। यो सबैको दायित्व हो,’ मुख्यमन्त्री यादवले भने, ‘नेपाल जसलाई हामी गरिब मुलुक भन्छौं। सबैले चाह्यो भने यो नेपाल ५ वर्षमा स्विट्जरल्याण्डलाई टप्छ भनेर ग्यारेन्टी गर्न सक्छौं।’

राजनीतिक अस्थिरताका कारण अपेक्षाकृत विकासको काम हुन नसकेको उल्लेख गर्दै उनले विकासका लागि स्थायित्व अपरिहार्य रहेको बताए। मुख्यमन्त्री यादवले सुविधासम्पन्न होटलले प्रदेशको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले राम भूमि आयोध्याका पर्यटकहरूलाई सीता नगरी जनकपुरसँग जोड्ने गरी आफूले काम थालेको उल्लेख गरे। ‘आयोध्या घुम्ने पर्यटकहरू जनकपुरधाम घुम्नैपर्छ भन्ने वातावरण निर्माण गर्नेतर्फ हामी लागेका छौं,’ मुख्यमन्त्री यादवले भने ‘पर्यटन क्षेत्रमा यसले सकारात्मक परिणाम ल्याउँछ।’

प्रतिष्ठित पर्यटन क्षेत्रका लागि यसअघि भएका कामहरुको सरकारले स्वामित्व लिएर थप कामहरू अघि बढाउन प्रदेश सरकार तयार रहेको उनले विश्वास दिलाए। कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आफूले योजनाबद्ध रुपमा काम थालेको मुख्यमन्त्री यादवको भनाइ थियो।साभारःअन्नपूर्णपोष्ट

Related posts

पार्टी फुटाउनुमा प्रचण्ड र ओलीको हात छैन : जसपा अध्यक्ष राई

MadhesKhabar

रास्वपामा प्रवेश गरेका जेनजी युवाहरुलाई पर्सा–१ का उम्मेदवार पन्तले गरे स्वागत

MadhesKhabar

पर्सा–३ का गाँउ गाउँमा पुगेर जनसंवाद गर्दै एमाले उम्मेदवार पाण्डेय

MadhesKhabar

Leave a Comment