वीरगन्ज,१७माघःवीरगन्जमा शनिबार चार सय भन्दा बढी युवाहरु राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरेका छन् । रोयल पार्टी प्यालेशमा आयोजित रास्वपाको कार्यक्रममा विभिन्न दल परित्याग गरि जेनजी नेता परबेज शेखको नेतृत्वमा ४ सय भन्दा बढी जेनजी युवाहरु रास्वपामा प्रवेश गरेका हुन् ।
रास्वपा प्रवेश गर्नेहरुमा शेखसंगै कमलेश पटेल , रन्जित साह कलवार, साहिल सेख , सन्नी अलि, आनन्द चौहान ,अजय पन्डित,शेख अल्ताफ ,प्रियन्जन यादव, सन्जित साह,दनिश शेख लगायतका रहेका छन् ।कार्यक्रममा नवप्रवेशीहरुलाई रास्वपाका तर्फबाट पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तले स्वगात गरे ।
रास्वपामा प्रवेश गरेका जेन्जी नेता परबेज शेखले राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र मुलुक परिबर्तन गर्न सक्ने हुँदा पर्साका जेन्जी युवाहरु रास्वपामा प्रवेश गरेको बताए । पर्साका चार वटै क्षेत्रमा रास्वपालाई जिताउन जेनजी युवाहरु लागि पर्ने उनले बताए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै पर्सा–१ का उम्मेदवार पन्तले जेनजी युवाहरु नै आफ्नो शक्तिको उर्जा भएको बताए । युवाहरुको बढ्दो समर्थन र साथले आँफु चुनाव जित्नेमा ढुक्क भएको दाबी उनले गरे ।

