Madhes Khabar
राजनीति

मन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

काठमाडौं, २८ साउन : नेकपा माओवादी केन्द्रीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादीका सचिव देवेन्द्र पौडेलले बताए।
मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई मन्त्रीको जिम्मेवारी दिने तयारी भएको समेत उनले बताए।

मोदी गत माघ ३ गते मन्त्री बनेका थिए। मोरङ क्षेत्र नम्बर ५बाट लगातार दुई पटक निर्वाचन जितेका मोदी पहिलो पटक मन्त्री बनेका थिए ।

उनी २०७०को दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सांसद बनेका थिए। उनी माओवादी जनयुद्धमा भूमिगत राजनीति गरेका नेता समेत हुन्।साभार : सेतोपाटी

Related posts

वीरगन्ज २ का माओवादीका प्रभावशाली नेता खलील अन्सारी पनि जसपा प्रवेश

MadhesKhabar

भ्रष्टाचारी मुख्यमन्त्री राउतलाई यसपालि हराउन जरुरी छ : उम्मेदवार सर्राफ

MadhesKhabar

बारा–३ का रास्वपा क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment