Madhes Khabar
राजनीति हेडलाइन

भ्रष्टाचारी मुख्यमन्त्री राउतलाई यसपालि हराउन जरुरी छ : उम्मेदवार सर्राफ

मधेसखबर
वीरगन्ज ,२९ असाेज : पर्साकाे प्रदेशसभा निर्वाचन क्षेत्र नंबर १ काे (ख) का उम्मेदवार ओमप्रकाश सर्राफले मुख्यमन्त्री लालबाबु राउतलाई हराउने आफु नै सक्षम उम्मेदवार भएकाे बताएका छन् ।

वीरगन्ज स्थित हाेटल आदर्शमा शनिबार आयाेजित चुनावी कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले यस क्षेत्रका जनताहरुले चाहे आफु मुख्यमन्त्रीलाई हराउन सक्षम उम्मेदवार भएकाे वताए । उनले भने “विभिन्न भ्रष्टाचार मुद्दामा मुछिएका मुख्यमन्त्री राउतलाई यसपालि हराउन जरुरी छ ,उनलाई हराउन म सक्षम छु, त्यही भएर यसपालिकाकाे निर्वाचनमा मलाई जिताएर काठमाडाैंकाे जनता जस्तै यहाँकाे जनताले पनि इतिहास रच्नु पर्छ ।”

उनले यसपालिकाकाे निर्वाचनमा आफु चुनाव हारे सबै युवाकाे हार हुने बताउँदै स्वतन्त्र सक्षम युवा उम्मेदवारलाई जिताएर सचेत मतदाताकाे परिचय दिनु पर्ने धारणा राखे ।

उनले भने “म कुनै गठबन्धनकाे उम्मेदवार हाेइन, मेराे गठबन्धन यहाँकाे जनतासंग छ, यहाँकाे युवासंग छ, यहाँकाे महिलासंग छ , त्यँही भएर नेता/नेता वबच भएकाे अपवित्र गठबन्धनलाई हराएर स्वतन्त्र र सक्षम उम्मेदवारलाई जिताउनु पर्छ । आफु सधै जनता माझ रहेकाे र जनताकाे सेवा गरेकाे वताउँदै उनले आफ्नाे बालबच्चाकाे भविष्यकाे ख्याल गरेर भए पनि आफुलाई चुनाव जिताउनु पर्ने अपिल गरे ।

उनले वीरगन्जकाे  मतबाट जितेर मुख्यमन्त्री बनेका व्यक्तिले वीरगन्जसंग घात गरेकाे कुरा सबैलाई थाहा भएकाे वताउँदै त्यसकाे जवाफ अहिले निर्वाचनबाट दिनु पर्ने पनि सुझाए ।

कार्यक्रममा प्राध्यापक बिजय महासेठ, समाजिक अभियन्ता प्रकाश थारु, गुड्डी जोशी, दर्गा श्रेष्ठ, जलेश्वर सर्राफ, मनोज साह, दीपक सर्राफ, ई.गजेन्द्र दास लगायतकाे सहभागिता रहेकाे थियाे ।

Related posts

प्रदेशसभा सदस्यमा डा.मधुलाई नै भोट हाल्न राजकुमार गुप्ताको आग्रह

MadhesKhabar

एमाले जस्तै काँग्रेसलाइ पनि ठेगान लगाइ दिन सक्छौ – प्रचण्ड

MadhesKhabar

पर्सामा श्रोत नखुलेको २० लाख नगद र काजु सहित एक जना पक्राउ

MadhesKhabar

Leave a Comment