बारा,२कार्तिकःमधस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पार्टीका नेता–कार्यकर्तालाई बजेट बाड्ने काम अहिलेको मधेस सरकारले नगर्ने बताएका छन् । बाराको कलैया उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।
उनले भने,‘यसअघिका मधेस प्रदेश सरकार जस्तै आफ्नो नेतृत्वको सरकारले कार्यकर्तालाई बजेट बाड्ने काम गर्दैन । जनताको आवश्यमलाई मध्यनजर गर्दै योजना र बजेट वितरण यो सरकारले गर्छ।
उनले स्थानिय निकायलाई थप मजबुत बनाउन प्रदेश सरकार लागि परेकोपनि बताए ।प्रदेश सरकारबाट प्रदान गरिने शसर्त अनुदानको बजेट स्थानिय तहकै सिफारिसमा खर्च हुनेगरी व्यवस्था गर्न लागिएको जानकारी उनले गराए।आवश्यकता र औचित्यको आधारमा बजेट खर्च गर्ने प्रदेश सरकारको नीति अनुसार प्रदेशका ८ वटै जिल्लालाई समान रुपले बिकसित बनाउने नीति अवलम्बन गरिएको सिंहले जानकारी दिए।
कार्यक्रममा कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले पहिलाका मुख्यमन्त्री तथा मन्त्रीहरुले कमिशन बिना बजेट तथा योजना नदिएको गुनासो गर्दै अबको नेतृत्वले त्यसमा ध्यान दिनुपर्ने बताए। यसअघिका सरकारले कलैया उपमहानगरपालिकासंग व्यापक विभेद गरेको बताउँदै मेयर साहले कलैयाको बिकासका लागि प्रदेश सरकारको लगानी आवस्यक रहेको भन्दै मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराए। कर्यक्रममा कलैया उपमहानगरपालिकाले मुख्यमन्त्री सिंहलाई सम्मानित गरेको थियो ।
मुख्यमन्त्री सिंहले कलैया–.१ मा निर्माणाधिन ’टाउन हल’को अनुगमन तथा कलैया–२४ स्थित कृषि मेलाको उदघाटन समेत गरे ।त्यस अवसरमा कलैया उपमहानगरकी उपमेयर रौशन प्रविन, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, जनमत पार्टिका बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेल, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतकाको पनि सहभागीता थियो ।

