Madhes Khabar
राजनीति

रविलाई लामिछानेलाई फेरि म्याद थपे अनशन बस्ने पर्साका रास्वपा नेताकार्यकर्ताकाे चेतावनी 

वीरगन्ज,२८कार्तिक:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले रबि लामिछाने लाई सरकारले पुनः म्याद थपेर हिरासतमा राख्ने प्रपंच गरे आफुहरु अनशनमा बस्ने चेतावनी दिएको छ।बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई  ज्ञापनपत्र बुझाउँदै रास्वपाले अनशन बस्ने चेतावनी दिएको हाे ।
त्यसअघि रास्वपा पर्साले वीरगन्जमा जुलुश निकालेको थियाे।जुलुशले नगर परिक्रमा गरेपछि जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर रास्वपा पर्साका सभापति हरि पन्तले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए।पन्तकै नेतृत्वमा निस्केको जुलुशमा सांकेतिक रुपमा  रबिलामेछानेलाई निर्दोष हुँदाहुँदै पनि हत्कडी लगाएको प्रतीक बनाएर बजार परिक्रमा गराइएको थियो ।   साथै  प्रधानमन्त्री केपि ओलि र काँग्रेस सभापति शेर बहादुर देउवाको फोटोको  समेत मुखुण्डो बनाएर हिड्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि जुलुसमा केही समय तनाव भएको थियाे।
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएपछि घण्टाघर चाेकमा पुगेर रास्वपाका नेताकार्यकर्ताले कोणसभापनि गरेका थिए ।
कोणसभामा रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादब ,  प्रदेश सदस्य पुरुषाेतम उपाध्याय , क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र ,फैयाद मिया ,पालिका सभापती चन्दन गुप्ता लगायतले मन्तव्य राखेका थिए ।
रास्वपाका जिल्ला सभापति पन्तले अब देश र जनताले  रबि निर्दोष भएको छर्लङ्ग बुझी सकेकोले नै जनता रबिको पक्षमा उर्लिएको बताए  ।
कार्यक्रममा पुर्ब सभापति दिलिप कुर्मी , उपसंयाे जक तुलशा अधिकारी ,प्रदेश सदस्य सुदिश प्रजापति ,सब्बु कंडेल शिक्षा बिभागका सोनालाल पटेल , पालिका सभापतिहरु माधब बस्नेत , उमेश गुप्ता ,प्रदिप पटेल, पुर्ण सापकोटा लगायतको उपस्थित रहेको थियो ।

Related posts

पर्सा २ को गाँउ गाँउमा काँग्रेसका चौरसिया र पटेललाई जनताद्धारा स्वागत

MadhesKhabar

राष्ट्रियसभाबाट पनि नागरिकता विधेयक पारित भएको खुशीयालीमा वीरगन्जमा कांग्रेसद्वारा दीप प्रज्वलन

MadhesKhabar

मधेस प्रदेश : ‘संघीयताको जगमै जालझेलको राजनीति ’ जिम्मेवार को ?

MadhesKhabar

Leave a Comment