वीरगन्ज,४पुस:वीरगन्जमा शुक्रबार आयाेजित रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेका छन्।नेपाल औषधि व्यवसायी संघको सहकार्यमा प्रदीप खण्डेलवाल मेमोरियल ट्रष्टले आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला सहित ६९ जनाले आफ्नो रक्तदान गरेका हुन्।
रक्तदान गर्नेहरूमा सलोनी गुप्ता, विभ्या पाल, विजय चौधरी, नरेश पाल, महेश्वर पाण्डेय, आयुष चौधरी, रोहित पटेल, उमेश चौधरी, रोहित पासवान, बृजपाल चौधरी, आलोक नारायण पाण्डे, दामोदर पण्डित, जितेन्द्र पाण्डे, सत्यम कर्ण, अरुण चौधरी, बन्धन साहलगायत रहेको रक्त सञ्चार केन्द्र वीरगन्जले जानकारी दिएको छ।
प्रदीप खण्डेलवाल मेमोरियल ट्रष्टकी अध्यक्ष पुष्पा देवी खण्डेलवालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक कुमार टेमानीकाे प्रमुख आतिथ्यतामा आयाेजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ता, औषधि व्यवस्था विभाग,र वीरगन्ज शाखाका प्रमुख शम्भु साह लगायतकाकाे पनि उपस्थिति थियाे।

