Madhes Khabar
समाज

निजगढबाट २५ केजी गाजा सहित एक जना पक्राउ

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : बाराको निजगढबाट प्रहरीले २५ किलोग्राम लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर १२ बारथली बस्ने ५८ वर्षीय प्रेमबहादुर लो रहेका छन् ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ १२ कुलियाबाट आइतबार राति उनलाई गाजा सहित पक्राउ गरेको हो । कुलियामा प्रहरी पुग्दा लो सहित ३ जना गाँजाको बोरा फालेर भागे पनि ती मध्ये लो पक्राउ परेका हुन् ।

उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

Related posts

आमाको मुख हेर्ने दिनको उपलक्ष्यमा वीरगन्जमा ४ सय ५० आमाहरु सम्मानित

MadhesKhabar

पर्साका दलित अभियन्ता मनोज राम प्रधानमन्त्री ओलीबाट काठमाडौंमा सम्मानित

MadhesKhabar

ठोरीका युवाहरु सामाजिक सेवामा अग्रसर

MadhesKhabar

Leave a Comment