Madhes Khabar
समाज

मानव सेवा आश्रमद्धारा वीरगन्जको बहुअरी ड्राइपोर्ट चोकबाट एक पुरुषको उद्धार

वीरगन्ज,१५मंसिरःमानव सेवा आश्रम वीरगन्ज शाखाले वीरगन्ज महानगरपालिका वडा नम्बर २५ बाट मानसिक अवस्था कमजोर भई लामो समयदेखि सडकमै कष्टकर जीवन बिताउँँदै आएका एक पुरुषलाई उद्धार गरेको छ ।

वडा नम्बर १५ बहुअरी ड्राइपोर्ट चोकबाट सोमबार अन्दाजी ३५ वर्षीय पुरुषलाई मानव सेवा आश्रम वीरगन्ज शाखाको टोलीले चोकबाट उद्धार गरेको हो ।

बहुअरी ड्राइपोर्ट चोकबाट चोकमा बेवारिसे अवस्थामा रहेका ती पुरुषलाई प्रहरीको सहयोगमा उद्धार गरेर वीरगन्जस्थित मानव सेवा आश्रम ल्याएर राखिएको मानव सेवा आश्रम वीरगन्ज शाखाका संस्थापक देवेश गुप्ता मानवसेवाले जानकारी दिए । आश्रममा ल्याइएका ती पुरुषलाई सरसफाई र नुहाइ धुवाई गरेपछि मानसिक रोग विशेषज्ञ डाक्टर भरत गोईतको निगरानीमा औषधि उपचार सुरु गरिने उनले बताए ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ता, मानवसेवा आश्रम वीरगन्ज शाखाकी संयोजक मुना मगर, आश्रममा सेवारत प्रहरी जवान नगेश्वर यादव लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

अन्तर्राष्ट्रिय महिला दिवसमा वीरगन्जमा चार महिला सम्मानित

MadhesKhabar

बारा: प्रहरी चाैकी, वडा कार्यालय र धर्मशालाका लागि वडा अध्यक्षले गरे २ कराेडकाे जग्गा दान

MadhesKhabar

सिम्रौनगढमा मन्दिर नजिक पिसाब फेरेको निहुँमा लुटपाट र तोडफोड

MadhesKhabar

Leave a Comment