वीरगन्ज,१५मंसिरःमानव सेवा आश्रम वीरगन्ज शाखाले वीरगन्ज महानगरपालिका वडा नम्बर २५ बाट मानसिक अवस्था कमजोर भई लामो समयदेखि सडकमै कष्टकर जीवन बिताउँँदै आएका एक पुरुषलाई उद्धार गरेको छ ।
वडा नम्बर १५ बहुअरी ड्राइपोर्ट चोकबाट सोमबार अन्दाजी ३५ वर्षीय पुरुषलाई मानव सेवा आश्रम वीरगन्ज शाखाको टोलीले चोकबाट उद्धार गरेको हो ।
बहुअरी ड्राइपोर्ट चोकबाट चोकमा बेवारिसे अवस्थामा रहेका ती पुरुषलाई प्रहरीको सहयोगमा उद्धार गरेर वीरगन्जस्थित मानव सेवा आश्रम ल्याएर राखिएको मानव सेवा आश्रम वीरगन्ज शाखाका संस्थापक देवेश गुप्ता मानवसेवाले जानकारी दिए । आश्रममा ल्याइएका ती पुरुषलाई सरसफाई र नुहाइ धुवाई गरेपछि मानसिक रोग विशेषज्ञ डाक्टर भरत गोईतको निगरानीमा औषधि उपचार सुरु गरिने उनले बताए ।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ता, मानवसेवा आश्रम वीरगन्ज शाखाकी संयोजक मुना मगर, आश्रममा सेवारत प्रहरी जवान नगेश्वर यादव लगायतकाकोपनि सहभागिता थियो ।

