Madhes Khabar
राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने एमालेको निर्णय

काठमाडौं,२मंसिरःनेकपा एमाले प्रतिनिधिसभा विघटनविरुद्ध एमाले सर्वोच्च अदालत जाने भएको छ । मंगलबार बसेको एमालेको बिघटित प्रतिनिधीसभा संसदीय दलको बैठकले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिघटन गरेको प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमालेले सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।

विघटित प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक रहेका महेश बर्तौलाले असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालत जाने निर्णय भएको जानकारी दिए । ’हामी सर्वोच्च अदालत जाने भएका छौं । संवैधानिक उपचार खोज्ने निर्णय भएको छ,’ बर्तौलाले भने ।

पार्टी मुख्यालय च्यासलमा बसेको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै पार्टी कानुनी उपचारका लागि अदालत जाने बताएका थिए । ‘हामी दुईवटै कदम चाल्दै अघि बढनेछौं । एउटा यसलाई अस्वीकार गर्दै कानुनी उपचार खोज्छौं । यो कोर्टमा न्याय, संविधानका नजरमा र यसको संवैधानिक, यी कदमहरूको संवैधानिक परीक्षण हुनुपर्दछ भन्ने हामी ठान्दछौँ,’ ओलीले भने, ’अर्को कुनै परीक्षणको फैसला आउने कुनै बाटो नै छैन । पुनःस्थापनाबाहेक सम्मानित अदालतले गर्ने अर्को फैसला गर्ने अर्को संवैधानिक बाटो नै छैन ।’

ओलीले विगतमा आफू दुई तिहाइको प्रधानमन्त्री हुँदाका बखत गरिएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले उल्ट्याएको भन्दै अहिलेको सरकारले गरेको विघटन सही हुनै नसक्ने बताए ।

 

Related posts

देशभरी नै सत्ता गठबन्धनको लहर छ , फेरि पनि सरकार गठबन्धनकै बन्छ : श्रेष्ठ र सोनल

MadhesKhabar

पर्साका एमाले नेताहरु एकजुट हुने हो भने एमालेलाई कसैले हल्लाउन पनि सक्दैन : उपमहासचिव ज्ञवाली

MadhesKhabar

८० बोरा चिटको भाषणले निवर्तमान मेयर सरावगी फेरि चर्चामा

MadhesKhabar

Leave a Comment