Madhes Khabar
राजनीति

पर्साका एमाले नेताहरु एकजुट हुने हो भने एमालेलाई कसैले हल्लाउन पनि सक्दैन : उपमहासचिव ज्ञवाली

वीरगन्ज,२९चैतःनेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश अहिले गम्भीर परिस्थितिमा पुगेको बताएका छन् ।शुक्रबार वीरगन्जमा आयोजित नेकपा एमालेको वीरगन्ज महानगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीले देश अहिलेको गम्भीर परिस्थितिमा पुगेकोले त्यसबाट निकाल्न एमाले पार्टीका नेताकार्यकर्ता सबै एकढिक्का हुन आवश्यक रहेको बताए ।साथै २०८४ को निर्वाचनमा एमालेले एकल बहुमत प्राप्त गर्दै पहिलो पार्टी बन्नका लागिपनि नेता–कार्यकर्ताहरु एकढिक्का हुन आवश्यक रहेको उनले बताए ।

उनले भने,‘देश अहिले गम्भीर अवस्थामा छ । साथै ०८४ को निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउनुपर्नेछ । यी दुवै कामका लागि पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाको बाटोबाट होइन ,सहमति,एकता र समझारीको बाटोबाट सबै अगाडि बढ्नुपर्छ ।’

एमाले उपमहासचिव ज्ञवालीले एमालेले पार्टीको अन्तरजिवनमा पनि लोकतन्त्रको ठूलो महत्व दिने गरेको बताए । तर अहिले देशकै परिस्थिती फरक अवस्थामा पुगेकाले पार्टीभित्रको लोकतन्त्र भन्दा देशको लोकतन्त्र महत्वपूर्ण हुन गएको उनले बताए ।

उनले भने,‘०८४ को निर्वाचनमा एमालेलाई एक्लैले बहुमत प्राप्त गरेर पहिलो पार्टी बनाउनु पर्नेछ । हाम्रा प्रतिस्पर्धीहरुलाई जित्नु पर्नेछ । अझ त्यो भन्दा मूख्य प्रतिस्पर्धा वा लडाइ भनेको गरिबी, बेरोजगारी र पछयौटेपन विरुद्धको लडाई जित्नुपर्ने छ । स्वमिभानकाको लडाई जित्नु पर्ने छ । तीसबै लडाइको तुलनामा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा केहि ठूलो कुरा होइन् ।’

उनले पर्सा जिल्लाका पार्टीका सबै नेताहरु एकजुट भएर लाग्ने हो भने पर्सा जिल्ला र वीरगन्ज महानगरमा अबको निर्वाचनमा एमालेलाई कुनैपनि शक्तिले हल्लाउन समेत नसक्ने ठोकुवा गरे ।

Related posts

उच्चस्तरीय समिति नबनाए कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिनुपर्छ : प्रदीप पौडेल

MadhesKhabar

मधेस प्रदेश प्रमुख मिश्र पदमुक्त,भण्डारीकाे नाम सिफारिस

MadhesKhabar

कांग्रेसमा महामन्त्री थापाको लिखित मत : भ्रष्टाचारमा मुछिएका नेतालाई निलम्बन गर्नुपर्छ

MadhesKhabar

Leave a Comment