Madhes Khabar
Uncategorized

सुन तस्करी काण्डमा मुछिएका पूर्वसभामुख महरा पक्राउ

काठमाडौं,२६ असोजःपूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पक्राउ परेका छन्।भेपमार्फत् सुन तस्करी प्रकरणाके अनुसन्धानका लागि महरालाई आज (आइतबार) प्रहरीले पक्राउ गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको उल्लेख गरेको छ।

महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गरिररहेको थियो।यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

२०७९ सालमा विदेशबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप छ।महराले उक्त सुन छुटाउन पटक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको अभियोग छ।

 

Related posts

देशकै कान्छा पालिका प्रमुख गुप्ता भन्छन्– आमाका सपनाहरु पुरा गर्छु

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

वीरगन्जमा हुने ‘मधेस साहित्य महोत्सव’मा जेनजी पुस्तालाई जोड्न ‘एमएलएफ ट्यालेन्ट हन्ट’ को घोषणा

MadhesKhabar

Leave a Comment