Madhes Khabar
Uncategorized

वीरगन्जमा हुने ‘मधेस साहित्य महोत्सव’मा जेनजी पुस्तालाई जोड्न ‘एमएलएफ ट्यालेन्ट हन्ट’ को घोषणा

वीरगन्ज,२२ पुसः वीरगन्जमा आगामी माघ १५–१७ गतेसम्म हुन लागेको ‘मधेस साहित्य महोत्सव २०२६’ मा जेनजी पुस्ताको प्रतिभा उजागार गर्नका लागि ‘एमएलएफ ट्यालेन्ट हन्ट’ कार्यक्रम घोषणा गरिएको छ।

‘मधेस साहित्य महोत्सव २०२६’ को आयोजक संस्था उत्कर्ष नेपालले युवापुस्तामा लुकेका प्रतिभाहरूको पहिचान गरी महोत्सवको मञ्चमा जोड्ने उदेश्यले ‘मधेस साहित्य महोत्सव २०२६’ मा ‘एमएलएफ ट्यालेन्ट हन्ट’ कार्यक्रमको घोषणा गरिएको हो । विशेषगरी जेनेरेशन–जेड –जेनजी पुस्ताा युवाहरूलाई प्रोत्साहन गर्नका लागि यो हन्टको घोषणा गरिएको आयोजक उत्कर्ष नेपालको भनाई छ ।

एमएलएफ ट्यालेन्ट हन्टमा विद्यालय तथा क्याम्पस स्तरका विद्यार्थी र युवाहरूले साहित्य, कविता, गीत–संगीत, नृत्य, कला, वक्तृत्वकला लगायत विभिन्न सिर्जनात्मक विधामा भाग लिन सक्नेछन्। छनोटमा परेका प्रतिभाहरूलाई महोत्सवको मुख्य मञ्चमा प्रस्तुति दिने अवसर प्रदान गरिने आयोजकले जनाएको छ।

महोत्सवको स्वयंसेवक टोली ‘फेस्ट वारियर्स’ ले विभिन्न विद्यालय र क्याम्पसहरूमा पुगेर कार्यक्रमको प्रचार तथा सहभागिता सहजीकरण गर्ने बताइएको छ। ट्यालेन्ट हन्टको अडिसन माघ ३ गते बिहान ९ बजेदेखि वीरगन्जको बिपिसी कलेजको हलमा सुरु हुने र यो अडिसन पनि सबैका लागि खुला रहने आयोजकको भनाइ छ।

आयोजकले मधेसका सिर्जनशील युवा प्रतिभाहरूलाई यो अवसरको सदुपयोग गर्न आग्रह गरेको छ। थप जानकारी तथा सहभागिताका लागि मधेस साहित्य महोत्सवका सामाजिक सञ्जाल प्लेटफर्महरूमा सम्पर्क गर्न सकिने जनाइएको छ।

Related posts

भारतविरुद्ध नेपाललाई दाेस्राे सफलता, दिपेन्द्र र साेमपालले लिए १/१ विकेट

MadhesKhabar

एमाले उम्मेदवार जालिमलाई कारबाहीको माग गर्दै आयोगमा उजुरी

MadhesKhabar

ताेलामा २ हजारले बढ्याे सुनकाे मुल्य

MadhesKhabar

Leave a Comment