Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको गोल्डेन हत्या प्रकरण : ‘खुनी दरिन्दे ग्याङ’ का थप १ सदस्य भारतबाट पक्राउ

घटनास्थलको फाइल तस्बिर ।

वीरगन्ज,२१असोजःवीरगन्जको दशैं मेलामा अष्टमीको राति (असोज १४ गते) दुई समुहबीच भएको कुटाकुटमा एक युवकको हत्यामा संलग्न ‘खुनी दरिन्दे समुह (ग्याङ्ग)’ का थप एक जना सदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको पकहाँ मैनपुर गाँउपालिका वडा नम्बर १ धोरे स्थायी घर भई वीरगन्जमा बस्दै आएका अन्दाजी १६ वर्षका अंशु गिरी रहेका छन् ।

घटना लगत्तै फरार भएका गिरीलाई भारतमा लुकिछिपी बस्दै गरेको अवस्थामा प्रहरीले आज (मंगलबार) पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको हो । यसअघि उक्त हत्यामा संलग्न रहेका ५ जनालाई प्रहरीले घटना भएको भोलिपल्टै पक्राउ गरेर असोज १६ गते पत्रकारसम्मेलन गरेर सार्वजनिक गरेको थियो ।

यसअघि पक्राउ पर्नेहरुमा हत्याका मुख्य आरोपी पर्साको वीरगन्ज महानगरपालिका–.२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,२० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन् ।

वीरगन्जमा लागेको दशैं मेलामा अष्टमीको राति अर्थात मंगलबार राति ११.३० बजेतिर वीरगन्ज महानगरपालिका वडा नम्बर १० गीतामन्दिर रोडमा युवाहरुको दुई समुहबीच कुटपिट हुदाँ बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ९ स्थायी घर भई हाल वीरगन्ज–१० मा बस्दै आएका २० वर्षीय गोल्डेन भन्ने शीवम कुमार साह कानुको मृत्यु भएको थियो ।

गोल्डेनको हत्या ‘खुनी दरिन्दे समुह’ को नामबाट ह्वाट्स अप ग्रुप बनाएका युवाहरुको समुहले गरेको अनुसन्धनका क्रममा खुलेको १६ गतेको पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले खुलासा गरेृका थिए ।

उक्त घटनामा संलग्न अरु केहि व्याक्तिहरुको पनि पहिचान खुलीसकेको र उनिहरुको पनि खोजी भइरहेको प्रहरी उपरीक्षक पाठकले बताए ।

Related posts

एमाले पर्साकाे अधिवेशनमा कार्यकर्ताहरुबिच कुटाकुट,उपसचिवका उम्मेदवार पराग घाइते 

MadhesKhabar

वीरगन्ज नाकामा एसएसबीले गोली चलाएको प्रकरण : दुई जना पक्राउ, अरुकोपनि खोजी जारी

MadhesKhabar

क्रिकेटको ‘स्पट फिक्सिङ’ प्रकरणमा वीरगन्जबाट पनि एक क्रिकेटर पक्राउ

MadhesKhabar

Leave a Comment