Madhes Khabar
राष्ट्रिय

भाेलि र पर्सि सार्वजनिक बिदा

काठमाडौं,१८असाेज:सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिएको छ ।

देशभर भइरहेको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो ।

तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको हो ।

त्यस्तै, गृह मन्त्रालयमा देशभरका सीडीओहरूसँग सुरक्षाबारे छलफल भएको छ ।

त्यस्तै, उच्च जोखिमयुक्त बस्तीमा सुरक्षा संयन्त्रहरू परिचालन गर्ने निर्णय पनि भएको छ । नेपाली सेनाको टोली पनि आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णय भइरहेको पनि गृह मन्त्रालयले जनाएको छ ।

Related posts

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ

MadhesKhabar

बाढी र पहिरोमा परी दुई दिनमै १४ जनाको मृत्यु

MadhesKhabar

३० गते देखि लगातार ४ दिन सार्वजनिक विदा

MadhesKhabar

Leave a Comment