Madhes Khabar
राष्ट्रिय

बाढी र पहिरोमा परी दुई दिनमै १४ जनाको मृत्यु

काठमाडौं,२३असारःअसार २२ र २३ गते दुई दिनमै बाढी र पहिरोमा परी १४ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् भने १९ जना घाइतेपनि भएका छन् । नेपालमा मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट तनहुँ र स्याङ्जामा ३÷३ जनाको मृत्यु भएको छ । काभ्रे, पर्वत र दाङमा २÷२ तथा काठमाडौं र उदयपुरमा १÷१ जनाको मृत्यु भएको छ ।

शुक्रबार रातिदेखिको अविरल वर्षाले तराई मधेसका जिल्लाहरुमा डुबान र पहाडका जिल्लाहरुमा पहिरोको प्रकोप देखिएको छ । यसबाट १४७ परिवार प्रभावित भएको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले जनाएको छ ।

 

Related posts

काठमाडौंको सडकमा २ महिनासम्म धर्ना बस्दापनि सरकारले सुनेन मधेसका पिडितको आवाज

MadhesKhabar

वीरगन्जमा १० हजार नक्कली मतपत्र र २ लाख ७२ हजार नगद सहित दुई जना पक्राउ

MadhesKhabar

मधेससँगै मुलुकभर चिसो बढेको भन्दै सतर्कता अपनाउन सरकारको आग्रह

MadhesKhabar

Leave a Comment