Madhes Khabar
राष्ट्रिय

बाढी र पहिरोमा परी दुई दिनमै १४ जनाको मृत्यु

काठमाडौं,२३असारःअसार २२ र २३ गते दुई दिनमै बाढी र पहिरोमा परी १४ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् भने १९ जना घाइतेपनि भएका छन् । नेपालमा मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट तनहुँ र स्याङ्जामा ३÷३ जनाको मृत्यु भएको छ । काभ्रे, पर्वत र दाङमा २÷२ तथा काठमाडौं र उदयपुरमा १÷१ जनाको मृत्यु भएको छ ।

शुक्रबार रातिदेखिको अविरल वर्षाले तराई मधेसका जिल्लाहरुमा डुबान र पहाडका जिल्लाहरुमा पहिरोको प्रकोप देखिएको छ । यसबाट १४७ परिवार प्रभावित भएको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले जनाएको छ ।

 

Related posts

फास्ट ट्रयाकमा डीपीआर नबन्दै २९ अर्ब खर्च

MadhesKhabar

काँग्रेसीगढ वीरगन्ज १० मा हार नमानेका सुशीललाइ दोश्रो पटकमा सफलता

MadhesKhabar

संसद विघटन, फागुन २१ गते नयाँ चुनाव गर्ने घोषणा

MadhesKhabar

Leave a Comment