Madhes Khabar
Uncategorized

सिरहामा बालकको अपहरणपछि हत्या : आफन्तसहित ८ जना छिमेकी पक्राउ

काठमाडौं,७असोजः सिराहामा १५ वर्षीय एक बालकको अपहरण गरेर हत्या गरिएको छ ।घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार मंगलबार बिहान घरभन्दा केही पर आँप बगैंचामा बालकको शव फेला परेको हो ।परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको यादवले जानकारी दिए ।

यसैबीच हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिरहा प्रहरीले जनाएको छ ।
बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।अनुसन्धानकै क्रममा रहेकोले प्रहरीले पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ ।

अपहरणकारीले हिन्दीमा पठाएको सन्देश यस्तो थियो

‘तुमहारा आदमी हमारे पास है । अगर तुमहरा आदमी सही सलामत चाहिए तो ५ करोड रुपैयाँ हामे ढो तब हम तुमहरा आदमी तुम्हे देङे । अगर नहि दिया तो मार के फेक दुङ्गागा । पुलिसके बताने कि कोशिश कि तो मार के फेक दुङ्गा । हमे २५ तारिक तक पैसा चाहिए नहितो मार ढुङ्गा । तुम्हारे गाउँ मे किसिको पता नहि चल्ना चाहिए । जान्कारी के लिए हम विहार से है । टेन्सन नहि लेना तुम्हरा आदमी सहि सलामत है । बस हमारी माग पुरी कर्दो, हम तुम्हरा आदमी वापस कर्दुङगा ।’
साभारःअनलाइनखबर

Related posts

नेपाल ६० रनमै अलआउट,आयरल्यान्ड ११४ रनले विजयी

MadhesKhabar

मल वितरण प्रकृया सहज बनाउन सरकारसंग प्रदेशसभा सदस्य श्याम पटेलको माग

MadhesKhabar

हरिखेतान क्याम्पसको पठनपाठन भोलिदेखि सुचारु हुने

MadhesKhabar

Leave a Comment