Madhes Khabar
Uncategorized

पर्सामा रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन

मधेसखबर

वीरगनेज ०२ जेठ

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ चरगांहा मतदान केन्द्रमा रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

निर्वाचन आयोग नेपालले जिल्ला निर्वाचन कार्यालय पर्सालाई बोधार्थ बनाई निर्वाचन अधिकृतको कार्यालय छिपहरमाई र जिल्ला प्रशासन कार्यालय पर्सालाई पठाइएको पत्रमा वडा नम्बर २ को मत गणना सुचारु गर्न निर्देशन दिइएको छ । 

आयोगका उपसचिव ऋषिराम भुषालद्वारा जारी पत्रमार्फत कानुनबमोजिम प्रक्रिया पुगी मतगणना प्रतिनिधि अनुपस्थित भएमा पनि मतगणनालाई निरन्तरता दिन आग्रह गरिएको छ । 
साथै मतगणना प्रक्रियामा भरपर्दाे सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिइएको छ । 

Related posts

सुन तस्करी काण्डमा मुछिएका पूर्वसभामुख महरा पक्राउ

MadhesKhabar

सन्दिपले दिलाए नेपाललाई तेश्राे सफलता

MadhesKhabar

पर्सामा गाँजा खेती नष्ट गर्ने प्रहरीको अभियानले पायो निरन्तरता

MadhesKhabar

Leave a Comment