Madhes Khabar
समाज

नेपाल दशनामी समाज युवा समिति पर्साको अध्यक्षमा मन्टु गिरी सर्वसम्मत चयन

वीरगन्ज,१९ साउन :नेपाल दशनामी समाज युवा समिति पर्साको अध्यक्षमा मन्टु गिरी चयन भएका छन् ।वीरगन्जमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले अध्यक्षमा गिरीलाई सर्वसम्मत चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा शत्रुधन गिरी, सचिवमा सचिनन्दन गिरी,सहसचिवमा रुपेश गिरीपनि सर्वसम्मत चयन भएको दशनामी युवा समाजका केन्द्रिय सदस्य राजुराज गिरीले जानकारी दिए ।

समाजका केन्द्रिय उपाध्यक्ष सुरेश गिरीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा दशनामी युवा समाजका अध्यक्ष अर्जुन गिरी, मधेस प्रदेश महासचिव दिनेशचन्द्र गिरी,पर्सा जिल्लाका उपाध्यक्ष श्रीभगवान् गिर, सचिव नन्दकिशोर गिरी, युवा समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुजित गिरी,युवा समाजकै केन्द्रिय सदस्य राजुराज गिरी, जिल्ला सदस्य सन्दिप पुरी लगायतकाकोपनि सहभागिता थियो ।

 

 

Related posts

चुनावका बेला अत्याधुनिक हतियार सहित दुइ भारतीय युवक पक्राउ

MadhesKhabar

सुस्त मनस्थितिका बालबालिकालाई वीरगन्ज महानगरले सहयोग गर्ने मेयर सिंहको घोषणा

MadhesKhabar

दलितबस्तीमा मेडिकल कलेजको शिविरबाट ७०५ जना लाभान्वित, ३०० जनालाई न्यानो कपडा वितरण

MadhesKhabar

Leave a Comment