वीरगन्ज,१५साउनःवीरगन्ज महानगरपालिकाका वडा सदस्यहरुले आयोजना गरेको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।
वीरगन्ज महानगरपालिका कार्यालयको प्रांगणमा बिहीबार वडा सदस्य हकहित संरक्षण समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा महानगरका वडा सदस्य,नगरप्रहरी,कर्मचारी गरी २० जनाले रक्तदान गरेका हुन् ।
वीरगन्जको रक्त सञ्चार केन्द्रमा अहिले रगतको चरम अभाव छ ।गर्मी बढेसंगै रक्तदान कार्यक्रम निक्कै कम भइरहेका कारण रक्तसञ्चार केन्द्रमा रगतको चरम अभाव हुन पुगेको छ । जसका कारण अस्पतालमा बिरामीहरुको उपचारमा समस्या भएको छ । त्यसैलाई मध्यनजर गरेर बिहीबार वीरगन्ज महानगरका वडा सदस्यहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।
रक्तदान कार्यक्रमको समुद्घाटन गर्दै वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले रक्तदानभन्द्या ठूलो पूण्यदान यो संसारमा अरु केहिपनि नभएको बताए । उनले अहिले गर्मीमा रगतदान गर्नेहरुको संख्यामा कमी आउँदा अस्पतालहरुमा रगतको चरम अभाव हुन पुगेको बताए । त्यसका कारण रगतकै अभावमा कुनैपनि बिरामीको ज्यान जोखिममा पर्न नदिन सकेसम्म हरेक नाागरिकले यो बेला रत्तदान जस्तो महादान गरेर पुण्य कमाउनुपर्नेमा उनले जोड दिए ।
वडा सदस्य हकहित संरक्षण समितिका अध्यक्ष शर्मा सरभंगको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा महानगरपालिकाको सामाजिक विकास महाशाखाकी प्रमुख प्रतिज्ञा बैद्य,नगर प्रहरी प्रमुख हरि भुािल लगायतकाकोपनि उपस्थिती थियो ।

