Madhes Khabar
स्थानिय हेडलाइन

खानेपानीको संकटग्रस्त वीरगन्जमा ‘पानी बचाउ अभियान’ सुरु

वीरगन्ज,१२साउनःचापाकलहरु सुकेर खानेपानीको हाहाकार भइरहेको वीरगन्जमा पानीको दुरुपयोग रोक्न र पानीको बचत गर्ने सम्बन्धि जनचेतनामुलक अभियान सुरु गरिएको छ ।

खानेपानीको समस्या बिकराल समस्याले जनजीवन नै बिथोलिएको अवस्थामा वीरगन्ज माहानगरपालिका र युनिसेफ नेपालले संयुक्त रुपमा समुदायस्तरमा ‘पानी बचाउ अभियान’ सुरु गरेका हुन् । उक्त अभियानमा नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र र तथा सामाजिक संस्था जिल्ला समन्वय समिति (एनजीओसीसी) कोपनि सहकार्य रहेको छ ।

अभियान अन्तर्गत पहिलो चरणमा खानेपानीको संकटले सबैभन्दा बढी प्रभावित वीरगन्जका वडामा रहेका विद्यालयहरुमा पुगेर विद्यार्थीहरुबीच जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको एनजीओसीसी पर्साका अध्यक्ष इब्राहिम देवानले बताए ।

अभियानमा खटिएका स्वंयसेवकहरुले विद्यालयमै पुगेर विधार्थीहरुलाई घरमा पानीको खपत घटाउने,वर्षाको पानी संकलन गर्ने, पानी चुहिने धाराको मर्मत,नहुदाँउदा र कपडा धुदाँ कम पानी प्रयोग गर्ने ,कपडा धोएको र नुहाएको पानी शौचालय र करेसाबारीमा प्रयोग गर्ने, शौचालयमा कम पानी प्रयोग गर्ने,घरमा वा बाटोमा धारा खुल्ला देख्दा बन्द गर्ने लगायतका उपायहरू सिकाउने गरेको उनले बताए । सामुदायिक विद्यालयहरुमा यो अभियान एक सातासम्म सञ्चालन गरिने उनले जानकारी दिए ।

‘पानी बचाउ अभियान’ अन्तर्गत सोमबार वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय र अलपाइन माविमा विद्यार्थीहरूलाई दैनिक जीवनमा पानी कसरी बचत गर्ने भन्ने विषयमा व्यवहारिक जानकारी गराइएको उनले बताए । दुवै विद्यालयमा गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका गुड्डी साह,नन्दनी गुप्ता,प्रिया कुशवाहा,दुलारचन प्रसाद र आनन्द यादवले सहजिकरण गरेका थिए ।

यो अभियानले विद्यार्थीहरू र समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको देवानले बताए ।

Related posts

वीरगन्ज महानगरका वडाको सेवा चुस्त बनाउन मेयर सिंहको निर्देशनमा अनुगमन सुरु

MadhesKhabar

पर्साका तेश्रोलिंगीहरुको दुखेसो : बाँच्नकै लागि कतिपयलाई यौनकर्मी बन्नुपर्ने बाध्यता छ

MadhesKhabar

१ सय ३१ वर्षको यात्रा पुरा गरेको नारायणी अस्पतालले दिनहुँ दिन्छ १३ सय बढी बिरामीलाई सेवा

MadhesKhabar

Leave a Comment