Madhes Khabar
राजनीति

रास्वपा पर्साका सभापति पन्त भन्छन् : कांग्रेस,कम्युनिष्ट र मधेसी दलले देशलाई खरानी बनाए

वीरगन्ज,३१जेठःराष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पर्साका सभापति हरि पन्तले देशलाई सम्बृद्ध बनाउन अब माक्र्सवाद, लेलिनवाद वा माओवाद जस्ता आयातीत विचारको साटो नेपालको माटो सुहाउँदो नेपालवाद आवश्यक रहेको बताएका छन्।

पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ३ नगरदाहमा शनिबार आयोजित रास्वपाको प्रथम वडा भेलालाई सम्बोधन गर्दै सभापति पन्तले भने,‘ माक्र्स ,लेलिन र माओले पनि तात्कालिन समयमा आ–आफनो देशको परिस्थितिको अध्ययन र आकलन गरेर ती वादहरु प्रतिपादन गरेकोले हाम्रो देशमा ती विदेशी आयातित वादको कुनै अर्थ नै छैन ।’

मलेसियालाई त्यहाँका तत्कालीन प्रधानमन्त्री महमद महथिरले २२ बर्षमा , भियतनामलाई हु चि मिनले २४ बर्षमा र सिंगापुरलाइ लि क्वान युले ३१ बर्षमा ढुङ्गाबाट सुन बनाएको तर नेपाललाई कांग्रेस,एमाले ,माओवादी र मधेसवादी दलहरु मिलेर सुन जस्तो देश लाई दोहन गरेर खरानी बनाएकोले अब देश विकासको विकल्प नै रास्वपा मात्र रहेको समेत उनले बताए ।

शनिबार सम्पन्न भेलालले राजकिशोर साहको सभापतित्वमा वडा ईकाइ समिति गठन गरेको छ । जसको उपसभापति राजु यादव, सचिवमा सत्रुधन यादव तथा सदस्यहरुमा राजकुमार गुप्ता ,बनारसी साह ,इम्तियाज आलम ,सागर यादव ,ललितादेवी ,संगीता देवी,सितापती देवी, सफिना खातुन, कुश्मा देवी पासवान रहेका छन् ।भेलालाई केन्द्रिय सदस्य डाक्टर नन्दन यादव, दिलिप कुर्मी, सुदिस प्रजापति लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।कार्यक्रमको सहजीकरण प्रमोद रायमाझीले गरेका थिए ।

Related posts

वीरगन्जमा जेनजी शहिदका दाई मुराद आलमको संयोजकत्वमा जेनजी युवा कमिटी गठन

MadhesKhabar

प्रेस सेन्टर पर्साकाे अध्यक्षमा शीवनाथ यादव सर्वसम्मत चयन

MadhesKhabar

सत्ता गठबन्धनमा दरार : एउटै क्षेत्रमा काँग्रेस र नेकपा एसका उम्मेदवार

MadhesKhabar

Leave a Comment