Madhes Khabar
राजनीति

प्रेस सेन्टर पर्साकाे अध्यक्षमा शीवनाथ यादव सर्वसम्मत चयन

वीरगन्ज,१९पुस:नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल पर्साकाे अध्यक्षमा शीवनाथ यादव सर्वसम्मत चयन भएका छन् ।शुक्रबार वीरगन्जमा सम्पन्न प्रेस सेन्टर पर्साकाे छैठाैं अधिवेशनले यादवकाे अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेकाे हाे।

सेन्टरकाे उपाध्यक्षमा कृष्णमाेहन साह,महिला उपाध्यक्ष समिना रञ्जितकार,सचिवमा अजित कुमार भुजेल,सहसचिवमा विदुर गाैतम,समावेशी सहसचिवमा रञ्जित यादव र काेषाध्यक्षमा सञ्जित गुप्ता रहेका छन्।

यसैगरी सदस्यमा रितेन्द्र झा,माधव तिमल्सिना,बलिराम यादव,प्रणय साह,दिपेन्द्र प्रसाद,आनन्द साह,मेघराज थारु,विशाल पटेल,सन्जाेग गिरी,सन्ताेष कुशवाहा लगायतका रहेका छन्।

प्रेस सेन्टरका अध्यक्ष दीपक गाैतमकाे अध्यक्षता तथा सेन्टरका केन्द्रीय उपाध्यक्ष गाेविन्द देवकाेटाकाे प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनमा सेन्टरका केन्द्रीय निरज पिठाकाेटे मगर लगायतकाकाेपनि सहभागिता थियाे ।

Related posts

मधेसमा एमालेलाई फेरि अर्को झट्का : प्रदेशका सभामुख मण्डल पदमुक्त

MadhesKhabar

प्रधानमन्त्री सहित शीर्ष नेताहरुले भने : मधेस र देशका लागि उपेन्द्र यादवले नै जित्नुपर्छ

MadhesKhabar

उपेन्द्र यादवलाई झट्का : जसपा नेपालका केन्द्रीय सदस्यले छाडे पार्टी

MadhesKhabar

Leave a Comment