Madhes Khabar
समाचार

विधुत प्राधिकरण कर्मचारी संघको उपाध्यक्षमा पर्साका कर्णले पनि दिए उम्मेदवारी

वीरगन्ज,३०जेठःनेपाल विद्युत प्राधिकरण कर्मचारी संघको केन्द्रिय उपाध्यक्ष(मधेसी) मा सुधिरकुमार कर्णले उम्मेदवारी दिएका छन् ।

काठमाडौंमा शुक्रबारदेखि सुरु संघको १३ औं महाधिवशेनमा नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुनेछ । नयाँ नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनमा पर्साका कर्णले केन्द्रिय उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । कर्ण हाल नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रममा कार्यरत छन् ।

विद्युत प्राधिकरणमा विगत १५ वर्षदेखि कार्यरत कर्णले यसअघि संघको विभिन्न पदमा रहेर कर्मचारी तथा प्राधिकरणको हितमा निरन्तर काम गर्दै आइरहेका छन्। प्राधिकरणका कर्मचारीबीच अत्यन्त मिलनसार र कर्मठ व्याक्तित्वको परिचय बनाउन सफल कर्णले यसपालिको महाधिवेशनबाट आँफु उपाध्ध्यक्ष पदमा अत्याधिक मतका साथ निर्वाचित हुने दाबी गरेका छन् ।

Related posts

४० लाख बढी मूल्यको कपडासहितका दुई वटा गाडी पर्सा प्रहरीको नियन्त्रणमा

MadhesKhabar

पर्साको बढनियारबाट ठूलो परिमाणमा काँचो सालको काठ बरामद

MadhesKhabar

बाराका उप्रेती , वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त

MadhesKhabar

Leave a Comment