Madhes Khabar
शिक्षा

बाराको प्रस्टोकामा पूर्वमन्त्री सोनलले गरे विद्यालय भवनको शिलान्यास

बारा,१२जेठःबाराको प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा चार कोठे भवन निर्माण गर्न थालिएको छ । सोमबार मधेस प्रदेशका पूर्वमन्त्री एंव लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले भवनको शिलान्यास गरेका हुन् ।

मधेस प्रदेश सरकारको २५ लाख रुपैयाँको लागतमा विद्यालयमा थप चार कोठे भवन निर्माण गर्न थालिएको विद्यालयका प्रधानाध्यापक नगनारायण साहले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा गाँउपालिकाका पूर्वअध्यक्ष भोला गुप्ता, पूर्वउपाध्यक्ष गीता देवी साह,लोसपाका युवा नेता प्रमोद साह ,रामजतन सहनी, नवल साह , जय प्रकाश दास , रमेश साह ,वीरेन्द्र साह, दिलिप साह ,सोनु साह,बृजकिशोर साह लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

Related posts

वीरगन्जमा एसईई उत्तीर्ण छात्राहरुलाई कम्प्युटर वितरण

MadhesKhabar

देकुलीको विधालयका बालबालिकाहरुलाइ निशुल्क पाठ्यपुस्तक वितरण

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment