Madhes Khabar
शिक्षा

बाराको प्रस्टोकामा पूर्वमन्त्री सोनलले गरे विद्यालय भवनको शिलान्यास

बारा,१२जेठःबाराको प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा चार कोठे भवन निर्माण गर्न थालिएको छ । सोमबार मधेस प्रदेशका पूर्वमन्त्री एंव लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले भवनको शिलान्यास गरेका हुन् ।

मधेस प्रदेश सरकारको २५ लाख रुपैयाँको लागतमा विद्यालयमा थप चार कोठे भवन निर्माण गर्न थालिएको विद्यालयका प्रधानाध्यापक नगनारायण साहले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा गाँउपालिकाका पूर्वअध्यक्ष भोला गुप्ता, पूर्वउपाध्यक्ष गीता देवी साह,लोसपाका युवा नेता प्रमोद साह ,रामजतन सहनी, नवल साह , जय प्रकाश दास , रमेश साह ,वीरेन्द्र साह, दिलिप साह ,सोनु साह,बृजकिशोर साह लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

Related posts

गर्मी अत्याधिक बढेपछि वीरगन्ज महानगरका विद्यालयहरुमा पनि दुई दिनकाे विदा

MadhesKhabar

मन्त्री शर्माले दिएको ३० लाखबाट ठाकुरराम क्याम्पसका शौचालयहरुको मर्मत सम्भार

MadhesKhabar

शिक्षकहरुले बहिष्कार गरेपनि पर्साका केही पालिकामा विद्यार्थी भर्ना अभियान सञ्चालन

MadhesKhabar

Leave a Comment