Madhes Khabar
शिक्षा

मन्त्री शर्माले दिएको ३० लाखबाट ठाकुरराम क्याम्पसका शौचालयहरुको मर्मत सम्भार

मधेसखबर
वीरगन्ज,०२असार : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा जीर्ण भएका शौचालयहरुको मर्मत सम्भार गरिएको छ ।

मधेस प्रदेश सरकारका खानेपनी तथा ऊर्जा विकास मन्त्री ओम प्रकाश शर्माले आफनो संसदीय विकास कोषबाट पलब्ध गराएको ३० लाख रुपैयाको लागतमा क्याम्पसका शौचालयहरुको मर्मत सम्भार गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष रमेश साह कानुका अनुसार , क्याम्पसको दुवै मुख्य भवन , क्याम्पस प्रमुखको कार्यकक्ष र शिक्षा संकाय भवनमा रहेका गरि ११ स्थानका शाौचालयहरुको मर्मत सम्भार गरिएको हो । उनले शौचालय मर्मतको काम अन्तिम चरणमा पुगि सकेको जानकारी पनि दिए ।

क्याम्प प्रमुख उमेश चौरसीयाका अनुसार , विधार्थी , कर्मचारी र प्राध्यापकहरुले प्रयोग गर्दै आएका शौचालयहरु जीर्ण भइ प्रयोग गर्नै नसक्ने अवस्थामा पुगेका थिए । यस बारे जानकारी गराएपछि मन्त्री शर्माको विकास कोषबाट उपलब्ध रकमबाट सबै शौचालयहरुको मर्मत सम्भार गरिएको उनले बताए ।

चौरसीयाका अनुसार , जीर्ण अवस्थामा पुगेका शौचालयहरु म्र्मत सम्भार गरि सबैमा टायल लगाइएको ,बिग्रेका ढोकाहरु फेरिएको , सेनेटेरी पाइपहरु नयाँ लगाउनुका साथै शौचालयका भित्ताहरु प्लाष्टर पनि गरिएकोे छ ।

मन्त्री शर्माको सहयोगले शौचालयहरु मर्मत सम्भार गरिएपछि क्याम्पसमा विधार्थी , प्राध्यापक र कर्मचारीलाइ अब निक्कै सहज भएको क्याम्पसका कर्मचारी मनोहर साहले जानकारी दिए ।

Related posts

जगरनाथपुर गाँउपालिकाका विद्यालयहरुमा थप ६ दिनकाे जाडाे विदा

MadhesKhabar

शिक्षकहरुले बहिष्कार गरेपनि पर्साका केही पालिकामा विद्यार्थी भर्ना अभियान सञ्चालन

MadhesKhabar

फेसबुकमा भाइरल बाराका पिडित शिक्षक ब्रम्हदेव पासवानले अन्तत पाए न्याय

MadhesKhabar

Leave a Comment