Madhes Khabar
शिक्षा हेडलाइन

जगरनाथपुर गाँउपालिकाका विद्यालयहरुमा थप ६ दिनकाे जाडाे विदा

वीरगन्ज,६माघ:चिसाे झन् बढ्दै गएपछि पर्साकाे जगरनाथपुर गाँउपालिकालेपनि विद्यालयहरुमा फेरि ६ दिनका लागि जाडाे विदा दिएको छ।

तराई-मधेसमा केहि हप्तायता हुस्सु लाग्नुका साथै शीतलहरपनि चलेर चिसाे झन् बढ्दै गएका कारण जनजिवन प्रभावित भएकाे छ। यसले विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएकाले त्यसैलाई मध्यनजर गरी जगरनाथपुर गाँउपालिकाले माघ ७ गते आइतबारदेखि थप ६ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेकाे हाे।

गाँउपालिकाका शिक्षा शाखा प्रमुख अशाेक कुमार सिंहले शुक्रबार जारी गरेकाे सार्वजनिक सुचनामा बढ्दाे जाडाेका कारण बालबालिकाकाे स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भएकाले माघ ७ गतेदेखि माघ १२ गते सम्मका लागि पालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा जाडाे विदा दिने निर्णय गरिएकाे उल्लेख छ।

यसअघि जगरनाथपुर गाँउपालिकाले नै पुष २४ देखि पुष २९ गतेसम्मका लागि विद्यालयमा जाडाे विदा दिएकाे थियाे ।

Related posts

पर्सा-२ : उम्मेदवार सिफारिसबाट युवा नेता राकेश यादवको नाम गायब भएपछि कांग्रेसमा किचलो बढ्यो

MadhesKhabar

अजय चौरसियाको पक्षमा मत माग्न वीरगन्जका महिलाहरु पनि उत्रिए चुनावी प्रचारमा

MadhesKhabar

वीरगन्जका मेहता मधेस प्रदेशकै उत्कृष्ट प्रधानाध्यापकका रुपमा सम्मानित

MadhesKhabar

Leave a Comment