Madhes Khabar
शिक्षा

वीरगन्जका मेहता मधेस प्रदेशकै उत्कृष्ट प्रधानाध्यापकका रुपमा सम्मानित

वीरगन्ज,२७जेष्ठःवीरगन्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी सुगौलीस्थित शारदा माविका प्रधानाध्यापक विनोद मेहता मधेस प्रदेशकै उत्कृष्ट प्रधानाध्यापकको रूपमा सम्मानित भएका छन् ।

काठमाडौंमा जारी “प्रिन्सिपलस एशोसिएसन अफ नेपाल” (पान) कोे प्रथम राष्ट्रिय सम्मेलनमा प्राधानाध्यापक मेहता मधेस प्रदेशकै उत्कृष्ट प्रधानाध्यापकको रूपमा सम्मानित भएका हुन् ।

प्राधानाध्यापक मेहताले सामुदायीक विद्यालय शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याएको भन्दै पानले प्रधानाध्यापक मेहतालाई मधेस प्रदेशकै उत्कृष्ट प्रधानाध्यापको रुपमा नगद १० हजार पुरस्कार राशिसहित सम्मानित गरेको हो ।

सम्मानित भएका प्राधानाध्यापक प्रिन्सपल एशोसिएसन अफ नेपाल (पान) पर्साका अध्यक्ष समेत हुन् । पान केन्द्रिय समितिका सभापति सुदामा गौतमको अध्यक्षतामा सुरु भएको राष्ट्रिय सम्मेलन जेष्ठ २८ सम्पन्न हुने छ ।

Related posts

वीरगन्जका सरकारी विद्यालयहरुले विद्यार्थीलाई दिवा खाजा वितरणमा मनलाग्दी गरेको खुलासा

MadhesKhabar

वीरगन्ज महानगरकै विद्यालयमा फर्जि प्रकृयाबाट शिक्षकहरु नियुक्त गरेको खुलाशा

MadhesKhabar

पोखरीया नगरपालिकामा विधालय बन्द गरेर नगरसभा

MadhesKhabar

Leave a Comment