Madhes Khabar
शिक्षा

पोखरीया नगरपालिकामा विधालय बन्द गरेर नगरसभा

मधेसखबर
वीरगन्ज,१०असार : पर्साको पोखरीया नगरपालिकाको नगरसभा विद्यालयमा विधार्थीहरुको पठन पाठन बन्द गरेर आयोजना गरिएको छ ।

पोखरीया नगरपालिकाको कार्यालयले पोखरीया बजार स्थित जिल्ला उच्चांगल रामदेव प्रसाद कलवार माविमा शुक्रबार विधार्थीहरुको पठनपाठन बन्द गरेर नगरसभा गरेको हो ।नगरसभा आयोजनाका लागि अन्त कतै ठाँउ नभएका कारण शुक्रबार दिउसो विधालयमा पठन पाठन रोकेर नगरसभा गर्नु परेकोे विधालयका प्रधानाध्यापक ओमप्रकाश रौनीयारले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक रौनीयारको मौखीक आग्रहमा नगरसभाका लागि शुक्रबार दिउसो विधालयमा पठनपाठन बन्द गर्नु परेको प्रअ रौनीयारले बताए ।शुक्रबार बिहान प्राविधीक तर्फको कक्षा सन्चालन गरिएको तर बिहान ११ बजे देखि शुरु हुने बालविकास देखि कक्षा १० सम्मको पठनपाठन भने नगरसभाका कारण हुन नसकेको उनले जानकारी दिए ।प्रअ रौनीयारले भने ,‘ विधालय पनि स्थानीय सरकार मातहतकै हो , अब नगरसभा गर्ने ठाँउ अन्त नभएपछि विधालय भवन उपलब्ध गराउनै परयो ।

यता विधार्थीहरुको पठन पाठन बन्द गरि विधालयमा नगरसभा आयोजना गरिएपछि त्यसको आलोचना पनि भएको छ । पोखरीया नगरपालिकाका पुर्व मेयर दिपनारायण रौनीयारले विधार्थीको पठनपाठन नै रोकेर विधालयमा नगरसभा गर्नु उचित नभएको बताए ।उनले भने ,‘ नगरसभाका आयोजनाका लागि अन्त कहि विकल्प खोज्नु पथ्र्यो , विधार्थीको पढाइलेखाइ नै बन्द गरेर विधालयमा नगरसभा गर्नु जायज होइन , यो विधार्थीको भविष्यसंग खेलवाड गर्ने काम भएको छ ।

Related posts

वीरगन्ज २६ मा छात्राहरुलाई साइकल वितरण

MadhesKhabar

वीरगन्जका सरकारी विद्यालयमा मानव अधिकार समाजकाे अनुगमन : के-कस्ताे भेटियाे त्रुटि र अनियमितता ?

MadhesKhabar

बारामा एसईईकाे प्रश्नपत्र बाहिरियाे

MadhesKhabar

Leave a Comment