Madhes Khabar
शिक्षा

नेपाल कमर्स एशोसिएसनकाे अध्यक्षमा वीरगन्जका डा. दिपेन्द्र चाैधरी

वीरगन्ज,१८माघ:वीरगन्ज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा नेपाल कमर्स एशोसिएसन नामक संस्था स्थापना गरिएको छ । विश्वविद्यालय, सम्बन्धन प्राप्त क्याम्पस, कलेज, महाविद्यालय सहितका उच्च शिक्षा प्रदान गर्ने कमर्स तथा ब्यवस्थापन संकाय वा समूहका शिक्षकहरुको भेलाले चाैधरीकाे अध्यक्षतामा नेपाल कमर्स एशोसिएसन स्थापना गरेको हो ।

संस्थाको उपाध्यक्ष रा.रा. बहुमुखी क्याम्पस जनकपुरधामका (सह–प्रध्यापक) डा.विनोद साह, सचिवमा डा आलोक दत्ता (सह–प्रध्यापक, हरि खेतान क्याम्पस, वीरगन्ज), कोषाध्यक्ष डा. अशोक राज ठाकुर उप–प्रध्यापक, वीरगन्ज कलेज), सदस्य डा. सरोज कुमार ठाकुर (सह–प्रध्यापक, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम),सदस्य डा. उदय किशोर तिवारी (उप–प्रध्यापक, त्रिभुवन विश्वविद्यालय, केन्द्रिय विभाग, कीर्तिपुर), सदस्य डा. सन्तोष कुमार कर्ण (सहायक–प्रध्यापक, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम) रहेका छन् ।

संस्थाले व्यावस्थापन समूह र संकायका शिक्षकहरुको व्यक्तित्व विकासमा टेवा पुर्याउने अध्यक्ष डाक्टर चौधरीले बताए ।यसकासाथै राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुको सहयोग, सहमति तथा सम्बन्धनमा विभिन्न किसिमको तालिम, प्रशिक्षण, सेमिनार, गोष्ठि, सभा, सम्मेलन जस्ता कार्यहरु संचालन गर्ने पनि संस्थाको उद्देश्य रहेको उनले बताए ।

Related posts

ठाकुरराम क्याम्पसका कर्मचारीहरुको आन्दोलन प्रति प्राध्यापकहरुको पनि समर्थन

MadhesKhabar

वीरगन्जको शारदा माविमा तीन बर्षपछि ब्यवस्थापन समिति गठन

MadhesKhabar

वीरगन्जको काबेरी एकेडेमीमा “लिटल स्टार जाम्बोरी २०८२” सम्पन्न

MadhesKhabar

Leave a Comment