वीरगन्ज,१०चैतःवीरगन्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी सुगौलीस्थित शारदा माध्यमिक विद्यालयमा झण्डै तीन बर्षपछि विद्यालय ब्यवस्थापन समिति गठन गरिएको छ ।
शनिबार आठौं पटक बसेको अभिभावक भेलाले विद्यालय ब्यवस्थापन समितिको सदस्यामा चार जनालाई सर्वसम्मत चयन गरेको छ । अभिभावक भेलाले सददस्यमा मतुका खातुन,हदिस मियाँ, रितादेवी कुर्मी र श्याम कुशवाहा सर्वसम्मत चयन गरेको हो ।यसअघि सात पटकसम्म बसेको अभिभावक भेला निष्कर्षविहिन भएपछि शनिबार आठौं पटक सम्पन्न भेलालले चार जना सर्वसम्मत चयन गरेको विद्यालयका प्रधानाध्यापक विनोद मेहताले जानकारी दिए ।
अब यसपछि चार जना सदस्य, पदेन सदस्य वडा अध्यक्ष र सदस्य सचिव प्रधानाध्यापकसहितको बैठकले अभिभावकमध्येबाटै एक महिला र एक पुरुषगरि थप दुई जना सदस्य मनोनित गर्ने मेहताले जानकारी दिए । थथप दुई जना सदस्य मनोेनित भएपछि ६ जना सदस्य मध्येबाट समितिको अध्यक्ष चयन गरिने प्रावधान रहेकोपनि मेहताले बताए । त्यसका लागि अब होली पछि प्रकृया सुरु गरिने उनले बताए ।

